२०१७ लाई फर्केर हेर्दा – पर्याबरणिय सन्तुलन र राजनैतिक स्थिरता !

-बिजय हितान, युके

राजनैतीक गतिबिधिले नागरिकका दैनिकिसँग प्रतक्ष्य सम्बन्ध राख्दछ । देशको राजनीति स्थिर रहनसके जनताले गास, बास, र कपास सजिलै पाउनसक्छन । तर राजनीतिले पर्याबरणसँग पनि प्रतछ्य सम्बन्ध राख्छ भनेर धेरैलाई ज्ञान नहुनसक्छ । स्थिर राजनीतिले सन्तुलित पर्याबरण कायम राख्न ठुलो भूमिका खेल्छ । किनकी बातावरणमैत्री नितिनियम निर्माण गरेर लागुगर्ने जिम्मेवार ब्याक्ती नेताहरुनै हुन । यसर्थ प्रयाबरण पनि स्वास्थ्य रहन सके मानीसहरु सजिलै गास, बास, र कपास पाउन सक्छन ।

सन २०१७ मा नेपालमा स्थानिय, प्रदेस सभा र सङ्घिय सभाको चुनाव सम्पन्न भयो । अब नेपाली जनताले राजनैतिक स्थिरताको श्वास फेर्न पाउने आशा लिएकाछन । तर हावाबाट लिईने श्वास अझै प्रदुशित रहनेछ । भारत र चाइनाको चरम औधोगिक बिकास र आर्थिक उन्नतिले दक्षिण एसियाकै बायुमन्डललाई असर पारेको छ । यसबाट नेपालको आकाश पनि अछुतो रहन सकेको छैन । चुनावको गर्मागर्मिले स्थानिय स्तरमा अर्थतन्त्रलाई केही टेवा पुर्यालयो, तर ति कृयाकलापले बातावरणलाई पनि केही न केही मात्रामा नकारात्मक असर पार्योल नै । मावोबादी जनआन्दोलन छेका बन फडानी मनपरी गरियो । युद्दले धनजनको साथै पर्याबरणलाई पनि धेरै नोक्सान पुर्याणउँछ ।

नेपालको राजनैतिक स्थिरताले गर्दा अब बातावरणिय ह्रासमा सुधार आउनसक्छ भनेर आस राख्ने ठाउँ छ । हाम्रा शहरबजारका फोहर मैला अब स्थानिय निकायले ब्यबस्थित गर्लान । जथाभावी बाटो खन्दा भत्किएका कन्दरा वरीपरी रुखबिरुवा रोपिएला । ब्रिक्ष्यारोपणले भुक्षय रोकिएला, पहिरोको जोखिम मत्थर होला । गैरकानुनी तवरले सामुदायिक बनहरुमा घाँस दाउरा काटिने गतिबिधिलाई लगाम लगाइएला । राष्ट्रिय निकुन्ज र अन्य सम्रक्षित छेत्रहरुमा हुने बन्यजन्तु चोरि-शिकारीलाई नियंत्रण गरिएला । शहरबजारका फोहरमैलाका ढल बिनाप्रसोधन सिधै खोलानालामा जानबाट छेकिएला । तटबन्धन निर्माण गरेर बाढिलाइ गाउँघर तथा खेतबारीतिर छिर्नबाट रोकिएला ।

सन २०१७ मा पृथ्वीको तापमान, तत्थ्याङ्क राख्न सुरुगरे देखीकै, सबैभन्दा बढी रह्यो । यसको प्रमुख कारण दिगो बिकासको सिद्दान्तलाई नअङ्गालेर हो भन्ने बैज्ञानीकहरुको ठम्म्याइ छ । जैबिक बिबिधतालाई नकारात्मक असर पार्दै कमाएको आर्थिक उन्नती दिगो रहन्न । जन्तुजनावरलाई बिस्थापित गरेर बनाइएको सडकमा मोटरगाडी गूड्लान, तर यस्तो अदिगो कृयाकलापले मानवको अस्तित्वमा दिर्घकालिन जोखिम निम्त्याउँछ । हाम्रा यस्ता गतिबिधिका कारण वायुमन्डलमा कारबनडाई-अक्साइड ग्याँस अत्य्धिक उत्सर्जन हुनजानाले जलवायु परिवर्तनको समस्या झेल्नुपरेको हो । यसैको प्रभाव हो भन्नुपर्छ अश्ट्रेलियाको समुन्द्रमा अवस्थित कोराल रिफ ब्लिचिङ, क्याराबियन अाइलैन्ड र अमेरिकामा हार्वी र इर्मा जस्ता सक्तिशाली सामुन्द्रिक आँधी, प्रतुगल र क्यालिफोर्नियाको डरलाग्दो डढेलो । डडेलो लाग्नुको प्रमुख कारण चरम सुख्खा भएर हो जो जलबायु परिवर्तनसँग सम्बन्धित छ । डडेलोले झनै कार्बनडाइ-अक्साइड उत्सर्जन गराउँछ ।

गतबर्ष दिल्लिको बायु प्रदुसण बढेर यती चरम अवस्थामा पुग्यो कि बिद्यालयहरु बन्द गर्नुपर्यो् र जोर बिजोड मोटर गाडीलाई सडकमा पालैपालो गूडाइनु पर्ने नियम लागु गर्नुपर्यो् । यद्धपी प्रदुशणको मात्रा सुरक्षित बिन्दुमा झर्न सकेन । जसको अवस्था अहिले पनि जिउंकात्युं छ । गंगा नदी मुहानदेखी समुन्द्रको मुखसम्म सर्बेक्षण गरियो र निश्कर्श निकालियो कि अब गंगाको पानी आफै स्वच्छन्द अवस्थामा फर्किनसक्ने स्थिती छैन ।

गएको बर्ष नेपालमा पाटे बाघको संख्या बढ्यो । खुशीको खबर ! सन २०२२ भित्रमा विश्वभरी बाघको सङ्ख्या दोब्बर हुने सङ्केत हो यो । अभाग्यबस अफ्रिकन हात्तीको दाह्राको लागि, तान्जानियाको चिम्पान्जी बुश मिट (जङली मासु) का लागि चोरिसिकारि बढेर गए । मधेसमा बाडी आउंदा मधेशी नागरिकको धनजनको नाश त भयो नै चितवन राष्ट्रिय निकुन्जको ५ गैंडा पनि बाडिले बगाएर इन्डिया पुर्यानयो । तर तिनलाई निकुन्जका कर्मचारीले उद्दार गरेर ल्याउन सफल भए । बरु बेचबिखनमा परेका छोरीचेलीलाई बम्बैबाट फिर्ता ल्याउन सकिन्न । त्यसैगरी नारायणी नदिबाट भाले घरियाल गोही लोप भएकोले बबई नदिबाट केहीलाई स्थानान्तरण गरिएको समाचारले हामी जस्ता सम्रक्षणक्रमिलाई खुशी तुल्ल्यायो । ति भालेलाई प्रजनन कृयामा सफलता मिलोस र गोहिको सङ्ख्या बढोस भन्ने मेरो शुभकामना छ ।

गत बर्षको विश्व बातावरण सुचकाङ्कमा एकसय अशी देशहरुमध्ये चाइना १२०, नेपाल १७६, र भारत १७७ स्थानमा परेका छन । यस तत्थ्याङ अनुसार बेलायतको बातावरण छैठौ श्रेणीमा पर्दछ । सबैभन्दा उत्कृष्ट बातावरण स्विजरल्यान्डमा पाईन्छ । नेपाली तथा विश्वकै अर्थतन्त्रमा ५-१० प्रतिसतले ब्रिदी भयो । तर खै ! मेरो तलव जती को त्यती छ । जताततै महङ्गीको महामारी ! काउन्सिलको कर ब्रिदिले ढाड भँच्याएको छ । विश्व अर्थतन्त्र ब्रिदिले साधारण घरपरिवारमा त्यती फाईदा गरेको जस्तो लाग्दैन । तर सन १९७० देखी एता जैबिक बिबिधतामा (किरा फट्याङ्रा र अन्य जन्तुजनावरको सङ्ख्यामा) ६० प्रतिसतले गिरावट आएको बैज्ञानीकहरुले अनुमान गरेका छन । यस समाचारले मलाई बालक अवस्थामा गुलेलीले चरा, छेपारो, र सर्पहरु मार्दै हिंडेको सम्झना दिलायो र मेरा ति व्यबहारप्रती आफैलाई पश्चताप लागेर आयो ।

गत बर्ष ब्लु प्लानेट टेलिभिजन डकुमेन्ट्रीले समुन्द्रमा प्लास्टिक प्रदुशणको पर्दाफास गरिदियो । मानिसले प्रयोग गरेका प्लास्टिक बिलियन टनको मात्रामा समुन्द्रमा पुगेर माछा, डल्फिन, कछुवा जस्ता जिवलाई अल्झ्याउने गर्छ । साथै प्लास्टिकका सुछ्म कणहरु सामुन्द्रिक जिवका सरिरका कोशीकाभित्र पसेर आहारा सिक्रिको माध्यमबाट आखिरमा मानिसलाइ नै हानी पुर्यातउँछ । यस्तो कुरो सुनेपछी माछा जस्ता अन्य सामुन्द्रिक आहारा खान छोडियो । हङकङमा रहंदा चिनिया संस्कृतिको सिको गर्दै डिमसम र सि फुड रेस्तुरेन्टमा खाना खान हप्तै पिच्छे गइन्थ्यो । प्लास्टिक प्रदुशणको समाचार सुनेर मेरा शरीरमा पनि त कयौं प्लास्टिकका कंणहरु जम्मा भएहोलान भनेर डर लाग्यो । यसै जनचेतनाले गर्दा प्लास्टिकको उत्पादन, प्रयोग र फोहोर ब्याबस्थापनमा बिभिन्न नियम कानुन बन्दै लागु हुनथालेको छ । बेलायतबाट रिसाइकलिङ गर्ने भनी आयात गरिने फोहोर प्लास्टिकलाई अब चिनले न किन्ने भएको छ । बेलायतमा यस अघिनै प्रतेक प्लास्टिक झोलालाई ५ पैसा तिर्नुपर्ने नियम लागु गरिएको छ । यस्तो कानुनले प्लास्टिक झोला प्रयोगमा ह्वात्तै ८० प्रतिसतले गिरावट आएको छ । म र मेरी श्रीमती सपिङ जाँदा जैले पनि घरैबाट झोला बोकेर जान्छौ र एउटा झोलालाई पुन प्रयोग गर्छौ ।

राजनीतिको पर्याबरणमा प्रतछ्य सरोकार हुन्छ भनेर र त मैले माथिनै भनिसके । अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले जलबायु परिवर्तनको पेरिश महासन्धिलाई नमान्ने घोषणा गरे । त्यो दिन देखी मैले पनि म्याक्डोनाल्डका बर्गर नखाने र कोक न प्युने घोषणा गरे । उक्त सन्धिले अमेरिकि ब्यापारप्रती भेदभाव गरेको ट्रम्पको ठम्म्याइ छ । उनले स्वदेशमै पनि अन्य बातावरण अमैत्रिपूर्ण परीयोजनाहरु थालनि गरेका छन । पर्याबरणिय दृष्टिषकोणले अती नै सम्बेदनशिल मानिएको भनेर पूर्व राष्ट्रपती बाराक ओबामाको सरकारले रोक्का गरिदिएको अलास्काबाट तेल निकाल्ने परीयोजनालाई ट्रम्पले स्विक्रिती दिएका छन । बातावरण सम्रक्छणकर्ताको दुनियाँंमा ट्रम्प एक भिलिएनको रुपमा प्रस्तुत भएका छन ।

बेलायतमा हात्तीको दाह्रा र यसबाट बन्ने अाइभरिका गरगहनालाई बेच्न प्रतिबन्ध लगाइयो । बातावरण सुचकाङ्कमा बेलायत छैठौं स्थानमा रहेपनी याँहाको बायु प्रदुशण नराम्रो छ । बायु प्रदुशणको कारणले बर्षेनी याँहा ४० हजार मानिसको ज्यान जान्छ । तसर्थ सन २०४० सम्ममा डिजल कारलाई प्रतिबन्ध लगाउने घोषणा गरियो । म पनि डिजल कार चलाउंछु । मेरै कारले अन्य कार भन्दा बढी प्रदुशण गर्दोरहेछ भनेर आफैलाइ गलानी लागेकोछ । अब यसलाई बेचेर अर्को अली कम प्रदुशण गर्ने हाइब्रिड कार किन्न पर्ने छ । तर आखिरमा कुरा पैसाकै आउन्छ, यस्ता हाइब्रिड कारहरु अन्यको दाँजोमा झनै महंगा हुन्छन ।

मध्य पूर्वमा अाइसससँग लडन अमेरिका, बेलायत, रुस, सिरिया, टर्की र इराकले कती हावाइजहाज उडान भर्नुपर्योी ! कती घातक तथा बिशालु क्षेप्यास्त्र प्रछेपण गरियो ! तिनले सराकमा पार्ने बायु प्रदुशण; जमिनका पसुपन्छि, किरा-फट्याङ्रा, बनस्पति को नाश; र माटोलाई पर्ने प्रभावलाई कसले चांसो दिने ! युद्दमा धनजन को छती के कती मुल्य बराबरको भयो भनेर लेखा जोखा राखिन्छ तर युद्दले पर्याबरणमा के कती मुल्य बराबरको छती पुर्याीयो भनेर तत्थ्याङ सङ्कलन कसले गर्ने !

अन्त्यमा, पर्याबरणिय सम्बर्धन र सम्रक्षण राजनैतिक चाँसोको बिषय नबन्दा सम्म यसको सन्तुलन खस्किदै जाने र गत बर्षमा घटेका प्राकृतिक प्रकोपहरुका प्रकार अझै भयङ्कर हुने र अझै बारम्बार दोहरिनेछन भनेर मैले बुझेको छु । जैबिक बिबिधतामा ह्रासको क्रम जारी रहेको र यसको रोकथाम गर्न नसकिए निकट भबिश्यमा पर्याबरणीय स्थिती अपरिवर्तनिय ढंगले ओरालो लाग्नेछ । अर्थतन्त्र उकालो र पर्याबरणतन्त्र ओरालो लागेको अवस्था नीश्चय पनि दिगो बिकास होइन । यि दुबैलाई समानान्तरणमा ल्याएर दुबै उकालोतिर लागेको मानवको लागि फाईदाजनक हुन्छ ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)