संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा फोरम नेता पुर्ण घर्तिमगरको निधन !

मगर मिडिया
माघ २३, काठमाण्डौँ
गत आइतबार ह्रदयघातका कारण संघिय समाजवादी फोरमका नेता तथा संघिय मगरसंघका केन्दिय अध्यक्ष पुर्णलाल घर्तिमगरको निधन भएको छ ।


बिगत लामो समयदेखि काठमाण्डौमा बस्दै आउनु भएका र स्थायी घर रोल्पा भएको मगरलाई आइतवार अचानक हृदयघात भएपछि बिनायक हस्पितल पुर्याइएका उनलाई, त्यहाँलाई पुुनः टिचिङ हस्पिटलमा रिफर गरेको केहि समयपछि डाक्टरले मृत घोषणा गरेको थियो ।

उनी संघिय समाजवादी फोरम नेपाल, केन्द्रिय परिषद सदस्यका रुपमा पार्टी भित्र निकै कृयाशिल भएर काम गर्दैै आएका थिए । पार्टिको भातृसंगठन संघिय मगरसंघका केन्द्रिय अध्यक्ष तथा गाम सेवा समाज रोल्पाका संस्थापक सल्लाहाकार समेत थिए । पार्टीमा उनी निरन्तर पहिचान र समानताको आन्दोलनमा लडिरहेका थिए ।
उहाँको दाहसंस्कार आज गरिदै छ ।

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)