बेलायती सेनाका उच्च अधिकृत पदमा स्याङजाका तोल खाम्चा मगर !

मगर मिडिया
२३ माघ, काठमाण्डौँ

बेलायती सेनाको  उच्च अधिकृत पदमा एक नेपाली  गोरखा सैनिक पुग्न सफल भएका छन् । स्याङजा सिरकोट करादिमा जन्मेका ५० वर्षीय तोल खाम्चा मगर यसैसाल बेलायती सेनाको छैठौँ वरियताको लेफ्तिनेन्ट कर्णेल पदमा पुगेका हुन् ।
गोरखा भर्तीको २०० वर्षको अवधिमा सो पदमा अहिले सम्म खाम्चा सहित लालबहादुर पुन मगर , विजय रावत र याम बहादुर राना मगर पुगेका छन् तर अहिले सो पदमा सेवारत भने उनी एक मात्र गोर्खाली सेना हुन् ।
खाम्चा मगर अहिले आफ्नो परिवार दुई छोरी, एक छोरा र श्रीमतीको साथमा युकेको अल्डरसट स्थित आर्मी हेड क्वाटर  रिजनल कमाण्डमा बसोबार गर्दै आएका छन् । उनको यो  सफलताले उनलाई मात्र नभइ नेपाली डायष्पोरा र ब्रिगेट अफ गोर्खाजका लागि पनि खुशी बाँडेको छ ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)