खेमजी रानाको मौलिक चुट्का कौराहा “यो नानीको आखैं गाजले” बजारमा !

मगर मिडिया, माघ २३, काठमाडौँ

धादिङ्गको खरी बाँजोघरमा जन्मिएका खेमजी रानामगर सानै देखि गीत गाउने र एक दिन कलाकार बन्ने धोको लिएर सांगीतिक क्षेत्रमा होमिएका थिए, नभन्दै उनि कलाकार बनेरै छाडे । अहिले सम्म आधा दर्जन भन्दा बढी गीत बजारमा ल्याईसकेका खेमजिको अझै थुप्रै गीतहरु बजारमा आउन बाँकी नै छन् । खेमजीले अहिले फेरी एकदमै मौलिक किसिमको चुट्का कौराहा गीत “यो नानीको आखैं गाजले” बजारमा ल्याएका छन् । खेमजीको आफ्नै लय/शब्द रहेको यस गीतमा खुस्बु बिन्दामगर, इरिषा पाटामगर, बिबेक आलेमगर र कृष्ण आलेमगरले सुमधुर स्वरले सजाउन खेमजी रानालाई साथ् दिएकाछन । मनाङ्ग गुरुङ्ग्को निर्देशन र दुर्गा पौडेलले छायाँकन गर्नु भएको यस गीतको म्युजिक भिडियोलाई बिष्णु शर्माले सम्पादन गर्नु भएको छ, साथै, सन्तोषी, ओनिका, बबिता, बिनिता, लक्ष्मी, सोफिया, सपना, रोमी, स्मृति र पर्बतिले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडियोलाई खेमजी रानाले आफ्नै युट्युब च्यानल मार्फत बजारमा ल्याएका छन ।

यो गीत “यो नानीको आखैं गाजले” हेर्न तलको लिंकमा क्लिक गर्नुहोस:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)