पर्यटन प्रवर्धन गर्दै नेपाल मगर पर्यटन समाज !

मगर मिडिया
२३ माघ, काठमाण्डौँ

नेपाल मगर पर्यटन समाजले पर्यटन प्रवद्र्धनका लागि विभिन्न खाले तालिम सञ्चालन गरेको छ । मगर पर्यटन समाजले २१ जनालाई ३ दिने म्याप रिडिङ एण्ड नेभिगेशन तालिम तथा १७ जनलाई वेसिक डिजिटल र्माकेटिङ तालिम सम्पन्न गरेको छ ।


साहसी पर्वतारोहण ट्रेकिङ गाइडलाई दक्ष बनाउन विभिन्न तालिमको आयोजना गर्दै आएको नेपाल मगर पर्यटन समाजका महासचिव जीवन थापामगरले बताउनुभयो ।

नेपाल मगर पर्यटन समाजले  आयोजना गरेको वनभोज कार्यक्रममा मगर समुदायबाट प्रतिनिधिसभा तथा प्रदेशसभामा निर्वाचित सदस्यहरुलाई पर्यटन समाजले बधाई दिइएको थियो साथै पर्यटन प्रवर्धनका निम्ति नेपाल मगर पर्यटन समाजले सक्रिय भूमिका निर्वाह गर्दै आएको पनि महासचिव थापामगरले बताउनुभयो ।

अध्यक्ष अनुप थापा मगरको अध्यक्षता तथा  महेश बुढा मगरको  संयोजकत्वमा  मगर पर्यटन समाजले गत शनिवार आयोजना गरेको   बनभोज कार्यक्रममा  सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेको हो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)