नेपाल मगर संघ केन्द्रिय समितिकोे सातौ पूर्ण बैठक सम्पन्न, बैठकमा भएका मुख्य निर्णयहरु सहित ।

श्याम राना मगर
माघ २३, काठमाण्डौ
नेपाल मगर संघ केन्द्रीय समितिकोे नियमित सातौ पूर्ण बैठक धोवीघाट ललितपुरमा गत २० गते शनिवार संघको अध्यक्ष श्री नविन रोकामगरको अध्यक्षतामा सम्पन्न भएको छ ।
वैठकमा नेपाल मगर संघ केन्द्रीय समितिको २६ औं राष्ट्रिय सम्मेलन तथा मगरात प्राप्ति अभियानलाई निर्णायक विन्दुमा पु¥याउनका लागि विश्व भरिका मगरहरुको सहभागितामा “पहिचान सहितको संघियता र मगरात स्वायत्त प्रदेश स्थापनाका लागि संविधान संशोधन । सामाजिक न्याय र पूर्ण समानुपातिक प्रतिनिधित्वको पक्षमा २६ औं राष्ट्रिय सम्मेलन ।।” भन्ने नारा तय गरि मगरात प्राप्ति सम्मेलन यहि मिति २०७४ फागुन १५, १६ र १७ गतेका दिन काठमाडौमा आयोजना गर्ने निर्णय गरेको छ ।

त्यसैगरि उक्त सम्मेलनमा आयोजकहरु सबै, जिल्ला समितिबाट अध्यक्ष र एक महिला सहित ३ जना, विदेश÷प्रवास शाखा तथा सस्थाहरुबाट अध्यक्ष वा पदाधिकारी, एक महिला सहित ३ जना, भातृसस्थाबाट अध्यक्ष र एक महिला सहित ३ जना र आवद्ध सस्थाहरुबाट १÷१ जनाको सहभागिता गराउने निर्णय समेत गरेको छ ।
साथै मातहतका समितिहरुमा आर्थिक दायित्व पनि तोक्दै विश्वभरिका मगरहरुलाई सहभागिता गराउने र आर्थिक दायित्व संकलन गर्नका लागि नेपाल मगर संघ केन्द्रीय समितिले स्थापना गरेको “मगर अन्तराष्ट्रिय मञ्च”को संयोजक देश बेलायतको अध्यक्ष नेम थापामगरलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।


साथै वैठकले सम्मेलनमा पेश गरिने विषयहरु समेत निर्धारण गरेको छ जसअन्र्तगत संघको आर्थिक सागठनिक प्रतिवेदन र विधान संशोधन प्रस्ताव, मगरहरुको उत्पत्ती विकास र वर्तमान अवस्था, मगरातको इतिहास र भौगोलिक संरचना, संघको आगामी कार्ययोजना र कार्यदिशा, मगरहरुको संस्कार सस्कृति र रितिरिवाज, मगरहरुको राजनैतिक इतिहास वर्तमान अवस्था, मगरहरुको भाषा र लिपी आदि विषयहरु उक्त सम्मेलनमा पेश गरिने भएको छ ।
साथै वैठकले सम्मेलनलाई भव्यरुपले सम्पन्न गर्नको लागि संघका अध्यक्ष नबीन रोकामगर संयोजक तथा गुरुप्रसाद घर्तीमगर सहसंयोजक साथै समितिको सदस्यहरुमा संघको सबै केन्द्रीय पदाधिकारीहरु, सदस्यहरु, भातृसस्थाका अध्यक्षहरु, विदेश शाखा सस्थाका अध्यक्षहरु, जिल्ला अध्यक्षहरु सबै सदस्य रहने गरि मुल आयोजक समिति गठन गरेको छ भने अन्य समितिहरुमा मूल व्यस्थापन समिति संयोजकमा दल बहादुर बिरकट्टामगर, प्रचारप्रसार उपसमिति रक्षाबहादुर रैकामगर, प्रतिनिधी व्यवस्थापन उपसमिति जगतबहादुर रेश्मी मगर, आर्थिक व्यवस्थापन उपसमिति कमला थापामगर, सास्कृतिक उपसमिति खर्क बहादुर बुढामगर, हल तथा मञ्च व्यवस्थापन रेनुका काउचामगर, अतिथि सत्कार तथा व्यवस्थापन उपसमिति कमल पिठाकोटे मगर,स्वमसेवक व्यवस्थापन उपसमिति राम जर्घामगर, आवास तथा खाना उपसमिति गंगा खासुमगर, टिपोट उप समिति रेनुका काउचामगर, कार्यक्रम सचिवालय उपसमिति तेज तारामीमगर, र्याली व्यवस्थापन उपसमिति कमल थापामगर, झाँकी व्यवस्थापन उपसमिति कबिराज मगर संयोजक रहने गरि उपसमितिहरु समेत गठन गरेको छ ।


साथै संगठन सम्बन्धमा हरेक प्रदेशमा नेपाल मगर संघको गतिविधी सञ्चालन, प्रदेश भित्रका जिल्लाहरुलाई समन्वय तथा परिचालन र सहजीकरण तथा प्रदेश अधिवेशन आयोजना गर्नका लागि प्रदेश संयोजन समितिहरु समेत गठन गर्ने निर्णय गरेको छ ।
त्यसैगरि मगरात प्राप्ति अभियान अन्र्तगत मगरात प्रदेश स्थापनाका लागि दवाव स्वरुप प्रदेश नं. ४, ५ र ६ मा हस्ताक्षर अभियान सञ्चालन गर्दै सम्बन्धित प्रदेश सरकारलाई दवाव दिने निर्णय गरिएको छ । त्यसैगरि प्रदेशको नाम मगरात नामाकरण गर्नका लागि प्रदेश सरकार र प्रदेश संसदहरुलाई दवाव दिनका लागि ४, ५ र ६ नम्बर प्रदेश संयोजन समितिले आवश्यक गतिविधीहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
फागुन २ गते मनाइने प्रथम सहिद लखन थापामगर १४२ औं स्मृति दिवस जिल्ला तह र स्थानीय स्तरमा भव्य रुपमा मनाउने र नेपाल मगर संघ जिल्ला समितिको नेतृत्वमा प्रत्येक जिल्ला प्रशासन कार्यालयमा लखन थापा मगरको तस्वीर राख्न लगाउन जिल्लाप्रशासनलाई दवाव दिने र शहीद सप्ताह मनाउदा प्रथम शहिदलाई समेत समावेश गरी मनाउने । लखन थापामगरको स्मृति दिवसको दिन सार्वजनिक विदाको माग गर्ने र प्रथम शहिदको जिवनी पाठ्यपुस्तकमा समावेश गर्नको लागि सरकारी निकायलाई दवाव दिने जस्ता विभिन्न महत्वपुर्ण निर्णयहरु गर्दै सबै तह र तप्काका सम्पूर्ण मगर अगुवा, पदाधिकारी, सदस्य, सबै तहका संघ तथा समितिहरु, भातृसंस्था, आबद्ध संस्थाहरु सबैलाई संघले अगाडि ल्याएका नीति तथा कार्यक्रमहरुको कार्यन्वयनका लागि आ–आफ्नो तह तप्काबाट सहयोग गर्न आह्वान गर्दै वैठक सौहार्दपूर्ण बातावरणमा सम्पन्न गरेको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)