फेर्च नम्खान आमा समुहको आठौँ वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न !

युवराज राना मगर
माघ २३, स्याङजा

स्याङजा जिल्लाको गल्याङ नगरपालिका—११ मा रहेको फेर्च नम्खान आमा समुहको आठौँ वार्षिक उत्सव तथा साधारण सभा गत शनिबार सम्पन्न भएको छ ।

गल्याङ नगरपालिको मेयर भुपराज अधिकारीको प्रमुख आतिथ्यता तथा समुहका अध्यक्ष पार्वती थापामगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशिष्ट अतिथी नेपाल मगर संघका केन्द्रिय निर्वतमान अध्यक्ष तथा पुर्व सांसद महेन्द्र थापा मगर रहनु भएको थियो । त्यसैगरि कार्यक्रममा लोकेन्द्र थापा, जनक श्रेष्ठ, विनोद राना, सुशान्त श्रेष्ठ, टिकाराम अधिकारी, नारायण विश्वकर्मा, शंकर देव अधिकारी, नेत्र प्रसाद पाण्डे, कृष्ण माया राना लगायतका नेता, पत्रकार तथा संघसंस्थाका प्रतिनिधिहरु अतिथीको रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि मेयर भुपराज अधिकारीले फेर्च नम्खान आमा समुहलाई यस क्षेत्रकै नमुना आमा समुहको रुपमा पाएकोमा खुशी तथा वधाई व्यक्त गर्दै नगरपालिकाले पनि सहकार्य गर्दै अगाडि बढ्ने कुरा व्यक्त गर्नु भएको थियो ।

साथै उक्त वार्षिक उत्सव तथा साधारण सभामा फेर्च नम्खान आमा समुहको बार्षिक तथा आर्थिक प्रतिवेदनलाई समुहका अध्यक्ष पार्वती थापा मगरले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रममा वोल्दै समाजमा रहेका विकृति बिसङ्गतिलाई अन्त्य गर्ने, मदिरा न्यूनिकरण गर्ने, मगर समुदायको रोधी परम्परालाई व्यवस्थित पार्दै संरक्षण गर्ने साथै टोलको सरसफाइ र टोलको विकासको लागि लाग्दै आर्थिक सम्बृद्धिका लागि हातेमालो गर्दै महिलाहरुको नेतृत्व तथा क्षमता अभिबृद्धि गर्ने कुरामा लाग्ने प्रतिबद्धता समेत समुहका अध्यक्ष पार्वती थापा मगरले व्यक्त गर्नु भएको थियो ।

समुहका सचिव चन्द्रदेवी थापा मगरले सञ्चालन गर्नु भएको कार्यक्रममा विभिन्न कलाकारहरुबाट साँस्कृतिक कार्यक्रमहरुको पनि प्रस्तुतीहरु रहेको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)