शान्ति वनमा प्रथम स्काउट साहसिक मेला सम्पन्न !

रुद्र श्रीसमगर
पोखरा, १९ माघ
पोखरा लेखनाथ महानगरपालिका–९, नयाँबजारस्थित नवप्रभात माविको नवप्रभात स्काउट ट्रुप÷ओपन क्रुको आयोजनामा प्रथम स्काउट साहसिक मेला सम्पन्न भएको छ ।
सो मेला माघ १४ गतेदेखि १६ गतेसम्म शान्ति वन बाटिकामा भएको हो । मेलामा नवप्रभात स्काउटका रोबर, रेञ्जरहरूले विभिन्न साहसिक खेलमा सहभागिता जनाए । उनीहरूले डोरीमार्फत् खोला तर्ने, रुख चढ्नेलगायतका साहसिक खेलको अभ्यास गरेका थिए ।
तीन दिने सो साहसिक मेलाको समापन गर्दै समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले सामाजिक कार्यमा जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । भीड मिलाउने कार्य मात्रै नभएर देश बचाउने कार्यमा समेत यस्तो साहसिक अभ्यासले स्काउटलाई अझै व्यापक बनाउने गुरुङको भनाइ थियो ।
समापनका अवसरमा स्काउटका कास्की जिल्ला आयुक्त शारदा पराजुली, जिल्ला संगठन आयुक्त धिरज थापा, पूर्व जिल्ला संगठन आयुक्त भीम थापा, समाजसेवी उमा ठकुरी, स्काउटर लक्ष्मण गौतमलगायतले समाजमा आइपर्ने हरेक विपत्तिमा स्काउटले अग्रणी भूमिका खेल्दै आएको बताउनुभएको थियो ।
नवप्रभात स्काउट ट्रुप÷ओपन क्रुका युनिट लिडर सागर पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विशाल लामिछाने र निवर्तमान राष्ट्रिय तालिम आयुक्त शिवबहादुर भण्डारीले स्वागत गर्नुभएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)