तुल बहादुर पुन भिसि फाउन्डेसनद्वारा अग्नि पिडित तथा क्यान्सर पिडितलाई सहयोग !

पोखरा, माघ १८

म्याग्दी रघुगंगा गाउँ पालिका तिप्ल्याङ्गमा आगलागीबाट आफ्नो घर लगायत सबै गुमाएका दुइ परिवारहरु (बेग बहादुर पुर्जा र राज कुमारी पुनको परिवार) लाई “तुल बहादुर पुन भि सि फाउन्डेसन” ले आर्थिक सहयोग गरेको छ । घर बनाउनको लागि बेग बहादुर पुर्जाको परिवारलाई रु.७०,०००/- (सत्तरी हजार) र राज कुमारी पुनको परिवारलाई रु. ३०,०००/- (तीस हजार) सहयोग गरिएको हो । फाउन्डेसनकी संस्थापक/संयोजक मेगन तिलिजाले दिनु भएको जानकारी अनुसार फाउन्डेसन द्वारा हरेक बर्ष यस्तै पिडितहरु, असहायहरु र विभिन्न सामाजिक कामहरुको लागि भिक्टोरिया क्रस बिजेता तुल बहादुर पुनको सम्झनामा फाउन्डेसन मार्फत सहयोग गरिदै आएको छ ।


त्यस्तै, अर्का क्यान्सर पिडित म्याग्दी रघुगंगा गाउँ पालिका बागबथानका ओम माया तिलिजालाई पनि स्वास्थ्य उपचारको लागि रु. १६,०००/- (सोह्र हजार मात्र) आर्थिक सहयोग गरिएको छ । क्यान्सर पिडित ओम माया तिलिजाले हाल मनिपाल अस्पताल पोखरामा उपचार गराईरहेकी छिन् ।

आर्थिक सहयोग हस्तान्तरंको लागि फाउन्डेसनकि संस्थापक/संयोजक मेगन तिलिजाको साथमा भि सि पत्नी पुनीसरा तिलिजा लगायत फाउन्डेसन कै अन्य सदस्यहरु श्रीदेबी पुन, श्रीमान/श्रीमती दिलबहादुर र टिका देवी तिलिजा थापा, श्रीमान/श्रीमती फुल बहादुर र धन देवी पुन, श्रीमान/श्रीमती योगेन्द्र बहादुर र मदन कुमारी पुर्जा, श्रीमान/श्रीमती सुरेन्द्र र निता रानाको उपस्थिति रहेको थियो ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)