कृष्ण थापामगरको पहिलो कोसेली कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा !

मगर मिडिया, माघ १८, काठमाडौँ

लामो समय खाडी मुलुकमा श्रम बेचेर, अब चाई आफ्नै देशमा केही गर्छु भन्ने सोचका साथ् नेपाल फर्किएका गण्डकी गाउँपालिका, सानो दर्बुंग, गोरखा निवासी कृष्ण थापामगरको गीत/संगीतमा निकै रुची रहेको छ | गीत/संगीतमाको रुची कै कारण नेपाल फर्किए पछि पहिलो कोसेली स्वरूप कौराहा गीत “नाचन साली खैचडीको तालैमा” बजारमा ल्याएका छन् | गोरखा कै सानो दर्बुंगमा छायांकन गरिएको यस गीतमा राजन थापामगरको लय/शब्द रहेको छ र यस गीतको म्युजिक भिडियोलाई राजु लामाले छायांकन गरेका छन् भने चर्चित निर्देशक/कोरियोग्राफर चित्र मास्की मगरले निर्देशन गरेका छन् | यस गीतको सम्पादन रबिन बिक ले गरेका छन् | राजन थापामगर, डीबि गुरुङ, संगम गुरुङ, राज कपुर मगर, प्रेम रानामगर र सुनिला गुरुङको स्वरले सजिएको यस गीतमा अनिशा थापामगर, डिम्पल थापामगर, रुपा थापामगर, निस्ता थापामगर, नन्द कुमारी मगर, सपना थापामगर, अन्जना थापामगर, सानु रानामगर, प्रेमिका थापामगर र कविता थापामगरले अभिनय गरेका छन् | यस गीतलाई मगर्स क्रियशन कम्पनीले आफ्नो युट्युब च्यानल मार्फत बजारमा ल्याएको छ |

म्युजिक भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होस्:

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)