बिजय हितानको नाटक “सहिदको सपना” सार्वजनिक !

मगर मिडिया, काठमाडौँ !

बिजय हितान;

सहिद दिवस पारेर ‘सहिदको सपना’ लाई देस बिदेसका बिभिन्न एफएम रेडियो मार्फत सार्वजनिक गरिंयो। यो नाटक म द्वारा लिखित तथा निर्मित रेडियो नाटक हो । यस नाटक नेपालका प्रथम सहिद श्री लखन थापामगरले सन् १८७५ मा जहानीया राणा शासनविरुद्ध सुरुवात गरेको आन्दोलनमा आधारित छ ।

यस नाटकका वास्तविक पात्रहरु लखन थापामगर, सुकदेव गुरुङ, जयसिंङ चुमीमगर, सुपति गुरुङ, कालु लम्साल, ज्ञान दिलदास, जङ्गबहादुर राणा, बडामहारानी हिरन्यगर्भकुमारी र धीरशमसेर राणा हुन् । प्रथम सहिद लखन थापामगरदेखि गंगालाल, धर्मभक्त, सुक्रराज, दशरथ; अनी नेपालमा पटकपटक प्रजातन्त्र ल्याउन र देशलाई संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गराउनसम्म शहादत प्राप्त गर्नुभएका सम्पूर्ण महान् शहीदहरुप्रति हार्दिक श्रद्धान्जली चढाउँदै नाटक ‘सहिदको सपना’ प्रस्तुत गरिन्छ।

यस नाटकमा निरङ्कुश जहानीया राणाशासन विरुद्धको आन्दोलनमा मुख्य नायक लखन थापामगर, सेनापति जयसिङ चुमीमगर, आन्दोलन संयोजक सुकदेव गुरुङ, आन्तरिक मामिला प्रमुख ज्ञान दिलदास, जनसम्पर्क समिति प्रमुख कानु लम्साल र व्यवस्थापन प्रमुख सुपति गुरुङ का महत्वपूर्ण भूमिका; साथै तात्कालिन नेपाली समाजको अवस्था चित्रण गर्ने प्र्यास गरिएको छ ।

नाटकमा अभिनय गर्ने पात्रहरुः लोकमणि सापकोटा, पूर्ण थापा, सुरवीर पण्डित, दीपक समीर, प्रदीप खनाल, माधव खरेल, रिता तिमलसिना, भरत घिमिरे, शम्भू सुस्केरा, राम अविरल, पुरुषोत्तम सानु, हरिबल्लभ नेपाल हुनुहुन्छ । यसको मुख्य सम्योजन प्रख्यात गीतकार भाभेस भुमरीले गरिदिनु भएको छ भने प्राबिधिक सम्योजन मनोज पारीयारको छ । राम अबिरलको निर्देशनमा यस नाटकलाई ह्वाइट साउन्ड स्टुडियो, अनामनगर, काठमाडौँ, नेपालमा रेकर्ड गरिएको हो । यसभित्र दुई प्र्ख्यात राष्ट्रिय गीतहरु पृष्‍ठभूमीमा बजाइएको छ जसका रचयिता भाभेस भुमरी र इश्वर चाम्लिङ हुनुहुन्छ ।

नाटकको भिडोयो यु-ट्युबमा पनि हेर्न मिल्नेछ । भिडियोको लागि तलको लिंकमा क्लिक गर्नुहोस…

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)