नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को अध्यक्ष पदमा मानबहादुर राना मगर !

मगर मिडिया
काठमाण्डौँ, माघ १७

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को अध्यक्षमा मानबहादुर राना मगर निर्वाचित भएका छन् । फिप्ना अमेरिकामा रहेका नेपाली संस्थाहरु मध्येको सबैभन्दा ठूलो संस्थाको रुपमा दावी गर्दै आएको संस्था हो ।

जनवरीको अन्तिम साता अमेरिकाको न्यूयोर्कमा सम्पन्न भएको फिप्नाको छैठौं राष्ट्रिय महाधिवेसनको बहुमतबाट राना मगर निर्वाचित भएका हुन् । महाधिवेशनले राना मगरको नेतृत्वमा ८ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित  भएका छन् । नयाँ कार्यसमितिमा बरिष्ट उपाध्यक्ष पदका लागि राजकुमार विष्ट, उपाध्यक्षमा निमा लामा, सचिवमा गोवा शेर्पा ढोक्प्या र कोषाध्यक्षमा विजयमान सिंह निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा जयवीर गुरुङ र फुर्पा लामा ह्योल्मो पनि निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित रानामगरले प्रतिद्वन्दी मणि वाङ्देल राईलाई १८ मतको अन्तरले पराजित गरेका थिए । उनले कुल मतको ४० मत प्राप्त गरेका थिए भने राईले २२ मत प्राप्त गरेका थिए ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)