पोखरा सभागृहमा “खड्ग गर्बुजा मगर एकल लोक गायन (२०७५)” हुने !

मगर मिडिया
काठमाण्डौँ, माघ १८

नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समिती काठमाण्डौँ द्धारा २०७५ साल बैशाख २२ गते शनिबार नेपाल मगर सांस्कृतिक संघ जिल्ला शाखा समिती कास्कीको ब्यवस्थापनमा पोखरा सभागृहमा नेपाल मगर सांस्कृतिक संघ केन्द्रको संस्थापक अध्यक्ष तथा वरिष्ठ कलाकार खडग गर्बुजा मगरको “खड्ग गर्बुजा मगर एकल लोक गायन २०७५” हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिती काठमाडौ द्वारा श्रष्टालाई सम्मान गर्दै २०७३ सालमा प्रतिभावान विरिष्ठ कलाकार नेपाल मगर सांस्कृतिक संघ केन्द्रको पुर्व अध्यक्ष कविता आले मगरज्युको एकल साँझ सम्पन्न गरेको थियो भने यसपालि पनि “मगर कलाकार कल्याणकारी अक्षय कोष” वृद्धिको उद्देश्य राखेर यो कार्यक्रम गर्ने भएको छ ।

यस एकल लोक गायन २०७५ लाई सम्पुर्ण महानुभावहरुले पुर्ण सल्लाह, सुझाव साथै प्रोत्साहन गर्न नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिती काठमाण्डौँको अध्यक्ष कविराज मगरले आह्वान गरेका छन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)