इतु र मनोजराजलाई नारायणगोपाल युवा सङगीत पुरस्कार र नगेन र विष्णुलाई अरनिको युवा कला पुरस्कार (फोटो फिचर)!

श्याम राना मगर
काठमाण्डौँ, माघ १७

राष्ट्रिय युवा सेवा कोषद्धारा प्रदान गरिने नारायणगोपाल युवा सङगीत पुरस्कार र अरनिको युवा कला पुरस्कार  हिजो काठमाण्डौँ  स्थित हार्दिक होटलमा  प्रदान गरिएको छ ।

अन्तर्राष्ट्रिय युवा वर्ष १९८५ को उपलक्ष्यमा २०४२ सालमा स्थापना भएको सामाजीक संस्था राष्ट्रिय युवा सेवा कोषले यस बर्षको नारायणगोपाल युवा संगीत पुरस्कार २०७४ बाट गायक मनोजराज शिवाकोटी र गायीका इतु जोजिजु पुरस्कृत हुनुभएको छ भने अरनिको युवा संगीत पुरस्कार २०७४ बाट वरिष्ठ मूर्तिकार  नगेनसिंह ठकुरी र विष्णु प्रसाद श्रेष्ठ पुरस्कृत हुनुभएको छ ।

काठमाण्डौँ  स्थित हार्दिक होटलमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथीका रुपमा उपस्थित माननीय उपप्रधान मन्त्री तथा उर्जा मन्त्री कमल थापा साथै  कार्यक्रमका सभापति  भीमबहादुर अधिकारी ले प्रदान गर्नुभएको थियो ।

नारायणगोपाल युवा संगीत पुरस्कार छनौट समितिको  संयोजक वरिष्ठ संगीतकार प्रा. दिपक जंगम र  अरनिको युवा कला पुरस्कार छनौट समितिका संयोजक  वरिष्ठ मूर्तिकार ठाकुरप्रसाद मैनाली रहनु  भएको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)