नेपाल मगर विद्यार्थी संघको दशौँ विस्तारित भेला फागुन ४ र ५ गते भरतपुरमा !

मगर मिडिया
माघ १५, काठमाण्डौँ
मगर विद्यार्थीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला आउँदो फाल्गुन ४ र ५ गते चितवन जिल्लाको भरतपुरमा सम्पन्न हुने भएको छ । किनारीकृत समुदायको अधिकार, समानता र पहिचानको आन्दोलनको जबरजस्त हिस्सा नेपाल “मगर विद्यार्थी संघको दशौँ राष्ट्रिय विस्तारित भेला मगर भाषा संस्कृतिको संरक्षण, अधिकार प्राप्तिको लागि एकिकृत मगरात सहितको स्वायत्तत्ता । बैज्ञानीक व्यवहारिक, संघिय शिक्षा प्रणाली, बहुभाषिक विश्वविद्यालय स्थापनाको पक्षमा दशौँ राष्ट्रिय विस्तारित भेला ।।” भन्ने मुल नाराका साथ सम्पन्न हुन गइरहेको दशौँ विस्तारित भेलाको उद्घाटन समारोह फागुन ५ गते विरेन्द्र बहुमुखि क्याम्पस प्राङ्गण भरतपुरमा विहान १ बजे हुने छ भने बन्द सत्र फागुन ५ गते नारायणगढको नारायणी कला मन्दिर चितवनमा हुने छ ।
कार्यक्रममा देशै भरिबाट प्रतिनिधी तथा पर्यवेक्षक उपस्थित हुनेछन् भने, कार्यक्रम उद्घाटनमा विभिन्न मगर साँस्कृतीक झाँकी सहित ¥यालीको आयोजना गरिने छ । साथै संघको दशौँ विस्तारित भेला सफल बनाउन सम्पूर्णमा सबैखाले साथ सहयोग गर्नका लागि नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिका अध्यक्ष कमल थापा मगरले आह्वान गर्नुभएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)