मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हस्तान्तरण !

युवराज राना मगर
माघ १५, काठमाण्डौ
मगराँत प्राप्तिको लागि एक घर, एक मगर, एक मगर, एक रुपियाँ अभियानका लागि इजरायलबाट संकलित रकम हिजो नेपाल मगर संघको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल मगर संघलाई हस्तान्तरण गरिएको छ ।


इजरायलबाट नै सुरु भएको उक्त अभियानको लागि इजरायलबाट  संकलन गरिएको ८० हजार ६ सय रुपैया रकम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष विष्णु पुन मगरले नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरलाई हस्तान्तरण गर्नु भएको हो ।


नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सहयोग रकम लिदैँ नेपाल मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगर, नेपाल मगर संघ शाखा दक्षिण कोरियाका सल्लाहकार ओम जुग्जाली मगर साथै नेपाल आदिबासी जनजाति महासंघ दक्षिण कोरियाका निर्वतमान महासचिव वलराम पुन मगरलाई समेत स्वागत तथा सम्मान गरेको थियो ।

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)