जुनाले ल्याइन् विना सालैजो, “तल परयो साउने”

रुद्र श्रीसमगर
पोखरा, १२ माघ
अहिलेकी निकै व्यस्त अनि चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीस मगरले नयाँ गीत बजारमा ल्याएकी छिन् । जुनाले आफ्नै लय तथा शब्द संकलनमा बागलुङ जिल्लाको गलकोट भेगमा प्रचलित विना सालैजो “तल परयो साउने”को म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।
गीतमा चर्चित सर्जक एवं गायक वसन्त थापाले जुनालाई स्वरमा साथ दिएका छन् । टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनमगरले गरेका हुन् । छायांकन तथा सम्पादन दानबहादुर श्रीसमगरको छ भने मिलन गुरुङको कलरिङ र पुनम पुनमगरको श्रृंगार रहेको छ ।
म्यूजिक भिडियोमा करुणा पुनमगर र सोनम काउचामगरले अभिनय गरेका छन् । म्यूजिक भिडियो जुनाको आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।
पूरा गीत हेर्नका लागि तलको लिंकमा जानुहोस् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)