मगर संघ कतारले पनि मनाए मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाड माघे सङक्रान्ति (फोटो फिचर सहित) !

बिजय कुमार मगर
१० माघ, दोहा कतार
नेपाल मगर संघ शाखा कतारले गत शुक्रबारको दिन मगरहरुको प्रमुख राष्ट्रिय साँस्कृतिक चाडको अवसर पारेर संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा, २०१७ र १८ का लागि साँस्कृतिक बाङ (राजा) रेशम आले मगरको विशेष उपस्थित र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष देवराज राईको प्रमुख आतिथ्यमा समाल पब्लिक गार्डनमा १२०० जनमानसको उपस्तिथिमा माघी सङक्रान्ति २०१८ तथा बनभोज कार्यक्रमको साथ मा विविध साँस्कृतिक कार्यक्रम २०७४ मनाएका छन् ।

उक्त कार्यक्रममा विशेष अतिथिहरुमा एन.आर.एन.ए (एन.सि.सि) कतारका महासचिव बुधबल गुरुङ, मगर संघ कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, जनजाती महासंघमा आबद्ध मातृ संस्थाहरु, बैचारिक संघ संस्थाहरु , मगर संघ कतारका सल्लाहकारहरु साथै अतिथिहरुमा विभिन्न धार्मिक तथा जातिय संघ संस्थाहरु जिल्लावासी संस्थाहरु, कला तथा साहित्य संस्थाहरु, समाजसेवी, बुद्धिजीवी तथा ब्यबसायीहरु, पत्रकारहरु, मगर संघ कतार को मानर्थ सदस्य र मगर संघ कतारका बिभागिय एरिया समितीहरु रहेका थिए । कार्यक्रम मगर रित अनुसार पृतृको पुजा गरेर तरुलको टीका लगाएर सुरु गरिएको थियो । कार्यक्रममा उपस्थित सम्पुर्णलाई संघका प्रथम उपाध्यक्ष अभिमत पून मगरले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको बारेमा र माघे सङक्रन्तिको बारेमा कार्यक्रम संयोजक तथा मगर संघ कतारका महिला उपाध्यक्ष इस्वरा थापा मगरले प्रष्ट्याउनु भएको थियो । औपचारिक कार्यक्रम मगर संघ कतारका महासचिव बिजय मगरले संचालन गरेका थिए ।

कार्यक्रममा सफल बनाउनका लागि उप संयोजक नरेश सिन्जाली मगर, सुचना प्रचारप्रसार बिजय मगर, आर्थिक केशव राना मगर, हिम थापा मगर, खाना तथा नस्ता मन रोकिम मगर, यातायात विवेक पुलामी मगर, साँस्कृतिक भुपेन्द्र रिखाम मगर, स्वयंसेवक अभिमत पून मगर, अतिथि सत्कारका लागि केशव घर्ती मगर र खेलकुदमा पदम थापा मगर गरि एघार सदस्यीय उपसमिति गठन भएको थियो । केशव थापा मगर कतारको मगरहरुको निम्ति २०१८ र १९ का लागि बाङ (राजा) चुनिए ।


मगरहरुको ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई नेपाल मगर संघ, शाखा कतारले निरन्तरता दिदै आइरहेको छ । नेपाल मगर संघ, शाखा कतारले माघे सङक्रान्ति २०१८ को अवसर पारेर मिति १९ जनवरी २०१८ मा आयोजना गरेको कार्यक्रम माघे सङक्रन्ति–२०१८ मा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रिय समितिका सदस्यहरु एरिया समिति कार्यसमितिका सदस्यहरु १८ जना सहभागीहरुलाई पछि पार्दै सनैया “ए“ एरिया समितिका सदस्य केशव थापा मगर ज्यू २०१८ र १९का लागि बाङ (राजा) हुन सफल हुनु भयो त्येसैगरी सहानिया एरिया समितिका अध्यक्ष भक्त ढेगा मगर द्धितिय हुनु भएको थियोे । बाङ ( राजा ) चुनिएका केशव थापा मगरलाई निवर्तमान बाङ ( राजा ) रेशम आले मगरले आफ्नो फेटा लगाइदिएर २०१८ र १९ का लागि बाङ (राजा) घोषणा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

कार्यक्रममा साँस्कृतिक प्रस्तुतिहरु
मगर संघ कतारले कार्यक्रममा विविध मगरहरुको साँस्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, चुडका, भुम्या, टप्पा, लोक गीत, एकल नृत्य र फिल्मी गितमा नेपाल मगर संघ, शाखा कतार मातहतमा रहेको मगर साँस्कृतिक परिवारका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए भने उक्त नृत्यहरुलाई निर्देशन जनक थापा मगर, भुपेन्द्र रिखाम मगर, टेक रसाइली र अभिमत पुन मगरले गर्नु भएको थियो भने कार्यक्रममा गायक सोम थापा मगर, पिन्कि मगर, शरण पुन मगर, रबि पुलामी मगर, बिजय कुमार मगर, डि.एन मगर, सोनिया पाण्डेको दमदार प्रस्तुति सँगै सोम थापा मगर, डि.एन मगर र आशा थापा मगरले साँस्कृतिक कार्यक्रमको संचालन गरेका थिए ।

कार्यक्रममा खेलकुद को रमाइलो माघे सङक्रान्तिराटी २०१८ मा उपस्थिति रहेका जनमानस सम्पुर्णलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरुका लागि म्युजिकल चेयर र पुरुषहरुका लागि डोरी तान्ने खेल प्रतियोगिता आयोजना गरेको थियो । उक्त प्रतियोगितामा म्युजिकल चेयर तर्फ सहभागी प्रतियोगीहरुलाई पछि पार्दै गुल्मिका मिना खड्का प्रथम हुनुभयो त्येसैगरी गुल्मी जिल्लाकै लिला पल्लि मगर दोस्रो हुनुभएको थियोे ।

डोरि तान्ने प्रतियोगिता तर्फ ९ समूहलाई पछि पार्दै पदम थापा मगरको नेतृत्वमा रहेको समुह प्रथम भएको थियो भने दोस्रो यम बहादुर कुवरको समुह भएको थियो । म्युजिकल चेयर तर्फका बिजेताहरु लाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार प्रदान गर्नु भयो भने डोरि तान्ने खेलका बिजेताहरुलाई पुरस्कार र प्रमाणपत्र मगर दिवसमा दिने जानकारी गराउनु भयो । खेलकुद संयोजक केन्द्रिय सदस्य पदम थापा मगर हुनुहुन्थ्यो भने सल्लाहकार खिम राना मगर र मगर संघ कतारका सदस्य सुर्य थापा मगरले खेल खेलाएका थिए ।

अन्तमा, बोल्नुहुँदै कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगरले कार्यक्रममा उपस्थित भएका सम्पुर्णलाई साथै कार्यक्रम सफल बनाउने सहयोग गर्ने सहयोगीहरु लाई धन्यवाद दिँदै मगर संघ कतारले आफ्नो भेषभुषा, भाषालिपि, संस्कृती लाई सधै सम्र्बद्धन र प्रर्बद्धन गर्दै अगि बढदै जाने बताउदै कार्यक्रमलाई समापन गर्नुभएको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)