मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला !

विनोद रखाली मगर
माघ ७, तनहुँ

मगर जातिको कला संस्कृती, भाषा ,भेषभुषा र रितिरिवाजलाई युवा पुस्ता मार्फत अन्य समुदाय र आफ्नै जातीमा सहजीकरण र सामाजिकरण गर्ने उद्धेश्यका साथ भाषा संस्कृती जातिको उत्थान, मिस मगर तनहुँ सिजन –२, को अभियान भन्ने उद्धघोषका साथ मिस मगर तनहुँ सिजन – २ को आवेदन खुल्ला गरिएको छ । मिस मगर तनहुँ सिजन – १ को आयोजना भएको झण्डै ६ वर्ष पछि सिजन – २, आयोजना गर्न लागीएको हो ।

न्यू क्रियसन इभेन्ट म्यानेजमेन्टको आयोजना र नेपाल मगर संघ तनहुँको सरक्षंणमा आयोजित मिस मगर तनहुँ दोस्रो संस्करणको रुपमा तनहुँमा आयोजना गर्न लागिएको न्यू क्रियटिभ इभेन्ट म्यानेजमेन्टका निर्देशक पवित्रा थापा मगरले जनाउनुभयो । उक्त प्रतियोगितामा मगर समुदायका चेलीहरुको क्षमता प्रस्तुत गर्नुका साथै नयाँ पुस्ता माझ मौलिक सांस्कृतिक ज्ञान हस्तान्तरण गर्ने प्लेटफर्महुने थापाको तर्क छ । उक्त सौन्दर्य प्रतियोगिता अन्तरगत एक महिना क्रियटिभ क्लोज क्याम्प, आदिवासी जनजातीबारे जानकारी, मगर भाषा, लिपी, संस्कृती, धर्म तथा रितीरिवाज सम्वन्धि अध्ययन अवलोकन तथा विशेष कार्यशाला, प्रविधि अन्तरगत कम्यूटर ज्ञान, नेतृत्व तथा व्यक्तित्व विकाश तथा वोल्ने कला, सन्चार तथा क्षमता अभिवृद्धि, सांस्कृतिक तथा सम्पदा क्षेत्रको भ्रमण, फोटो शुट,ट्यालेन्ट शो, फेशन तथा मोडलिङ् कक्षा, व्यवहारिक ज्ञान , आत्मविश्वास तथा उत्प्रेरणाका विभिन्न कक्षाहरु प्रदान गरीने समेत न्यू क्रियसन इभेन्ट म्यानेजमेन्टले जनाएको छ ।

मिस मगर तनहुँ सिजन – २ मा सहभागि हुन १६ वर्ष उमेर पुगी २९ वर्ष ननाघेको, अविवाहित , प्रवेशिका परिक्षा उत्तिर्ण मगर चेलीहरुले सहभागिता जनाउन सक्नेछन् । मिस मगर तनहुँ सिजन – २ को विजेताले स्कुटर, क्राउन, ट्रफि, सर्टिफिकेट, गिफ्ट ह्याम्पर, फस्ट रनर अपले नगद रु.५०,०००, क्राउन, ट्रफि, सर्टिफिकेट, गिफ्ट ह्याम्पर, सेकेण्ड रनर अपले नगद रु. ३०,००० लगाएत क्राउन, ट्रफी, सर्टिफिकेट, विभिन्न गिफ्ट ह्याम्पर, साथै सव टाइटल अवार्ड, फोटोसुट, पव्लीक इभेन्ट र फेशन शो अवशर, लगाएत म्युजिक भिडियोमा अभिनय गर्ने अवशर लगाएतका विभिन्न पुरस्कारहरु हात पार्नेछन् ।

दमौलीको विग कम्यूटरमा आवेदन फर्म उपलव्ध रहेको मिस मगर तनहुँ सिजन – २ को माघ २० गते सम्म रजिस्टेशन फर्म भर्न सकिने र उक्त प्रतियोगिताको माघ १५ मा पहिलो अडिशन हुने आयोजकको भनाई छ । स्मरण रहोस् मिस मगर तनहुँ सिजन – १ को उपाधि सारा राना मगर , फस्ट रनर अप सुशिला थापा मगर, सेकेण्ड रनर अप पवित्रा थापा मगर, थर्ड रनर अप डिम्पल मगरले हात पार्नुभएको थियो । मिस मगर तनहुँ सिजन – १ का विजेता लगाएत विभिन्न टाइटल विजेताहरु हाल मगर चलचित्र, म्युजिक भिडियो, तथा विभिन्न इभेन्ट आयोजनामा व्यस्त देखिन्छन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)