सुर्खेतमा पनि मनाए मगरहरुले माघेसकराती (फोटो फिचर)!

लक्ष्मण बुढा मगर
४ माघ, काठमाण्डौँ
मगरहरुको महान पर्व माघे सकरातिको अवसरमा नेपाल मगर संघ सुर्खेतको आयोजनामा तिन दिने माघि मेला सम्पन्न भएको छ ।

प्रत्येक वर्ष झै यस बर्ष पनि मगरहरुको आफ्नो मौलिक संस्कृति झल्कने गरि विभिन्न झाँकि  ¥याली सहित सुर्खेत मंगलगढि चौक बाट शुरु भएको ¥याली बिरेन्द्र चोक र गणेश चौक हुँदै कार्यक्रम स्थान विरेन्द नगरको रंगशालाको प्राङ्गणमा गई औपचारिक रुपमा नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिल बहादुर बंशी मगरको सभापतित्वमा नेपाल मगर संघ केन्द्रीय  समितिका बरिष्ठ सल्लाहकार एवम प्रदेश नं ५ का नव निर्वाचित माननिय सासंद प्रदेश सभा सदस्य बसन्त घर्ती मगरको प्रमुख आतिथ्यतामा र विशेष अतिथि खगेन्द बहादुर घर्ती मगर साथै नेपाल मगर संघ सुर्खेतका संस्थापक अध्यक्ष अनेरी क्याप्टेन जरसिंह थापा मगरको विशेष आतिथ्यतामा कार्यक्रमका प्रमुख अतिथी बसन्त घर्ती मगरले पानसमा बत्तिबालि कार्यक्रम उद्घाटन गरेका थिए ।


नेपालमा   माघे सकराती  मगर जातिले मात्र मनाउने नभएको कारण अन्य जातिहरुले पनि मनाउने भएकोले मेलामा अन्य जाती पनि बिना संकोच उलेख्नीय उपस्थिीती थियो । मेलालाई आर्कषक र भरपुर मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरु लोक गायिका सम्झना लामिछाने मगर, तिला गंरजा मगर, आरुसि मगर, निरु श्रिष मगर, लक्ष्मी राना मगर लगायतका कलाकारहरुको सांगितिक प्रस्तुति रहेको थियो । साथै स्थानिय स्तरको सोरठी, ख्याली, मारुनी, सालैजो ठाडो भाका र दोहोरीको प्रस्तुति रहेकोले दर्शकहरुले मनोरञ्जनमा कुनै कमि महशुस गरेका थिएनन् र मेलामा मगरहरुमा प्रचलित विभिन्न खेलका साथै एकल नृत्य तथा गायन प्रतियोगिता संगसंगै मगरहरुको विभिन्न परिकारहरु पनि रहेको थियो ।


उक्त तिन दिने मेलामा लगभग पचास हजार दर्शकले मेला हेरेको आयोजक नेपाल मगर संघ सुर्खेतले जनाएको छ । मेलाको अन्तिम दिन नेपाल मगर संघ सुर्खेतका अध्यक्ष डिल बहादुर बंसी मगरको बधाई तथा शुभकामना मन्तव्यका साथ कार्यक्रम सम्पन्न भएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)