समाजसेवी गुरुङद्वारा १० लाखको मिलन ट्रष्ट स्थापना चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले) तीन ठाउँमा देखाइने

रुद्र श्रीसमगर
पोखरा, ७ माघ
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ ले आफूले बनाएको चलचित्रले कमाएको पैसाबाट ‘मिलन ट्रष्ट–२०७४’ स्थापना गर्नुभएको छ । मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्मित पहिलो चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले)को गत मे ७ तारिखमा हङकङमा सम्पन्न विशेष प्रदर्शनबाट खर्च कटाएर बचत भएको रकमसहित सो ट्रष्टको स्थापना गर्नुभएको हो ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.ले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा १० लाख रुपैयाँको ‘मिलन ट्रष्ट–२०७४’को घोषणा गरिएको हो । सो अवसरमा ट्रष्टका संस्थापक समाजसेवी गुरुङले ट्रष्टकी संरक्षक सावित्रीकुमारी गुरुङलाई १० लाखको चेक हस्तान्तरण गर्नुभयो । सो ट्रष्टको रकमबाट प्राप्त हुने वार्षिक ब्याजबाट मिलन फाउण्डेशन नेपालमार्फत् विभिन्न सामाजिक कार्यहरुमा खर्च गरिने ट्रष्टका संस्थापक गुरुङले जानकारी दिनुभयो । मिलन ट्रष्टको संरक्षकमा सावित्रीकुमारी गुरुङ, अध्यक्षमा दुर्गा गुरुङ ‘मिलन’, सल्लाहकारमा गंगा गुरुङ, सदस्यहरुमा विक्रम गुरुङ, देउकी सिंजाली ‘दिपिका मिलन’ र विजया गुरुङ रहनुभएको छ ।
गुरुङ संस्कार तथा संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छे’ (भेडी गोठाले) बिहीबार रुपा ताल तमु समाजको आयोजनामा लेखनाथको मन्दीप मिलन चलचित्र मन्दिरमा विशेष प्रदर्शन हुँदैछ भने यही माघ १३ गते शनिबार काठमाडौंमा र आगामी फागुन १९ गते पोखरामा विशेष प्रदर्शन गर्न लागिएको समेत चलचित्रका कार्यकारी निर्माता समेत रहनुभएका गुरुङले जानकारी दिनुभयो । सो चलचित्र यसअघि लमजुङ, हङकङ र कतारमा प्रदर्शन भइसकेको छ ।
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.का अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन चलचित्र भेडी गोठालेकी बजार व्यवस्थापन संयोजक खुशी गुरुङ र मिडिया संयोजक एवं प्रवक्ता रुद्रबहादुर श्रीसले स्वागत गर्नुभएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)