नायिका खुशीलाई मिलन डी.जी. इन्टरनेशनलको बधाई !

रुद्र श्रीसमगर
पोखरा, ३० पुस
मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को ब्यानरमा निर्माण गरिएको गुरुङ संस्कार र संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘क्यु प्ह्रो छें’ (भेडी गोठाले)को बजार व्यवस्थापन संयोजक एवं नायिका खुशी गुरुङलाई बधाई ज्ञापन गरिएको छ ।
गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान)को पाँचौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा मिलन डी.जी. इन्टरनेशनलले नायिका खुशीलाई बधाई दिएको हो । शुक्रबार आयोजित कार्यक्रममा मिलन डी.जी. इन्टरनेशनलका संरक्षक सावित्रीकुमारी गुरुङ, अध्यक्ष एवं चलचित्र भेडी गोठालेका कार्यकारी निर्माता दुर्गा गुरुङ ‘मिलन’ र प्रबन्ध निर्देशक एवं निर्माता देउकी सिंजाली ‘दिपिका’ले फूलमाला र खादाले बधाई दिनुभयो । नायिका खुशीको संयोजनमा सो चलचित्र हालसम्म लमजुङ र कतारमा सम्पन्न भइसकेको छ ।

यसैबीच, शुक्रबार नै सम्पन्न मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को सञ्चालक समिति बैठकले चलचित्र ‘भेडी गोठाले’को बजार व्यवस्थापन संयोजकमा नायिका खुशी गुरुङ र प्रवक्ता एवं सञ्चार संयोजक रूद्रबहादुर श्रीसलाई नियुक्त गरेको छ । त्यसैगरी, बैठकले कम्पनीको संरक्षकमा समाजसेवी सावित्रीकुमारी गुरुङलाई चयन गरेको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)