नेपाल मगर संघ, शाखा कतारले नेपालको कार्यक्रममा साँस्कृतिक प्रस्तुति दिने !

नरेन्द्र ल्हायो मगर
पौष २८, कतार
नेपाल मगर संघ शाखा कतारले नेपाल मगर संघ केन्द्रिय समितिले आयोजना गरेको माघे सकराती पर्वको औपचारिक कार्यक्रममा सांस्कृतिक प्रस्तुति दिने भएको छ ।
नेपाल मगर संघ, शाखा कतारको साँस्कृतिक टोली मगर समूदायको प्रमुख साँस्कृतिक मगर माघ्या सकराटी पर्वको अवसर पारेर यहि माघ १ गतेका दिन काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुन लागेको शुभकामना आदानप्रदान तथा विविध सास्कृतिक कार्यक्रममा आफ्नो प्रस्तुतिको लागि नेपाल आएको हो ।
पहिलो पल्ट नेपाल मगर संघ, शाखा कतारका कलाकारहरु मगरहरुको झ्याउरे नृत्य मगर संघ कतारका आजिवन सदस्य तथा कलाकार श्याम आले मगरको संयोजकमा कलाकारहरु नरेन्द्र ल्हायो  मगर, सृजना रेस्मी मगर, हिरोज लोप्चन, जुनि थापा मगर, खम्बराज मगर, अरुणिमा काउचा मगरले झ्याउरे नृत्य उक्त कार्यक्रममा प्रस्तुत गर्ने भएका छन् । भने उक्त गीतको नृत्य निर्देशन  मिनुज राना मगरले गर्ने छन ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)