माघेसकराती चाड मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने (भिडियो सहित)!

श्याम राना मगर
पौष २६, काठमाण्डौ

संसारभरिका मगरहरु साथै मगर संघसंस्थाहरुले २०७४ सालको माघे सकराती राष्ट्रिय चाडलाई मगरात पहिचान र अधिकारसहितको संघीयता र आदिबासी जनजाति लगायतका उत्पिडित नेपाली जनताको बाँकी अधिकार प्राप्तिको आन्दोलनकै रुपमा संसार भरि भव्य रुपमा मनाउने भएका छन् ।


संसार भरि छरिएर रहेका मगरहरुले विभिन्न ठाउँमा यस चाडलाई भव्य रुपमा मनाउँदै गर्दा नेपाल मगर संघ केन्द्रिय समितिले माघ १ गतेका दिन काठमाण्डौको भृकुटिमण्डपमा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुन मगर पासाङको प्रमुख आतिथ्यतामा औपचारिक रुपमा माघे सकराती चाड कार्यक्रम गर्ने कुरा नेपाल मगर संघ केन्द्रिय समितिले पौष २६ गते रिर्पोटस क्लबमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
पत्रकार सम्मेलन मार्फत जारि प्रेस विज्ञप्तिमा माघे सकराति चाडलाई मगर लगायत सवै नेपालीहरुले मनाउने चलन भएपनि यस चाडलाई २०६५ सालमा तत्कालिन सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्धारा मगर समुदायको राष्ट्रिय चाडको रुपमा घोषणा गरेको हुँदा उक्त सरकारलाई धन्यवाद दिदैँ अझै पनि राज्यले सवै चाडहरुलाई समान व्यवहार नगरेकोमा भने आपत्ति जनाइएको छ । राज्यले दशैमा मात्र नभएर माघे सकराति लगायतका सवै चाडहरुमा पनि टोप बधाई दिनु पर्ने माग समेत गरिएको छ । साथै मगर लगायतका विभिन्न आदिबासी जनजातिहरुका मौलिक संस्कृति, पहिचानहरुलाई नामेत पार्ने खालको राज्य तथा विभिन्न तहबाट भएका गतिविधिहरुको पनि घोर आपत्ति रहेको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
राज्यले शुन्दर समाज र समृद्ध नेपालको चित्र कोर्ने हो भने सवै समुदायका पहिचान र अधिकार सहितको पुर्ण संविधान निर्माण गर्नुपर्ने र यसैको लागि यसपालीको माघे सकरातिलाई पनि आन्दोलनकै रुपमा मनाउँदै भावनात्मक तथा सामाजिक एकता र सुमधुर सम्वन्ध विकास गर्ने चाडको रुपमा घरघरमा सवैले मनाईने समेत जनाईएको छ ।


नयाँ संविधानले अझैपनि मगराँत पहिचान तथा अधिकारलाई सम्वोधन नगरेको हुदाँ यस पर्वलाई आन्दोलनकै रुपमा मनाउनु परेको कुरा नेपाल मगर संघ केन्द्रिय समितिका अध्यक्ष नविन रोका मगरले बताउनु भयो साथै कार्यक्रममा मौलिक सांस्कृतिक कार्यक्रम, खानपान तथा झाँकी तथा भेषभुषाहरुको प्रदर्शन र तारो हान्ने खेल समेत प्रस्तुत गरिने कुरा नेपाल मगर संघका सञ्चार सचिव खड्ग बुढा मगरले बताएका छन् ।

पत्रकार समेलनको भिडियो हेर्न को लागि तलको लिंक मा जानुहोला  ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

One thought on “माघेसकराती चाड मगराँत पहिचान र अधिकार प्राप्तिको आन्दोलनको रुपमा मनाउने (भिडियो सहित)!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)