माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको अयोजना !

लक्ष्मण बुढा मगर
पौष २५, सुर्खेत
मगरहरुको महान पर्व माघे सकरातीको अवसरमा सुर्खेतमा ३ दिने मेलाको आयोजना गरिएको छ । मगरहरुले आफ्नो राष्ट्रिय पर्वको रुपमा मनाउने पर्व माघे सकरातीको अवसर पारी नेपाल मगर संघ शाखा सुर्खेतले ३ दिने मेलाको आयोजना गरेको हो ।

हरेक वर्ष जस्तै यस वर्ष पनि मगर संघ सुर्खेतले २७, २८ र २९ गते गरी सुर्खेतको विरेन्द्रनगर नगरपालिका स्थित खेलकुद रंगशाला सुर्खेतमा मेलाको आयोजना गरेको हो । मेलाको पुर्व सन्ध्यामा भोली २६ गते विरेन्द्रनगरमा मोटरसाइृकल ¥याली समेत निकालिने आयोजकले जनाएको छ ।


मेलाको पहिलो दिन २७ गते नेपाल मगर संघ केन्द्रीय समितिका पूर्व उपाध्यक्ष तथा माननीय प्रदेश न ५ को सदस्यको बसन्त घर्ति मगरको प्रमुख आतिथ्यमा  मगरहरुको विभिन्न मौलिक साँस्कृतिक झाँकीहरु सहित कार्यक्रमको उद्घाटन गरिने छ । त्यस्तै कार्यक्रमको दोस्रो र तेस्रो दिन विभिन्न राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुतीको साथै मगरहरुमा प्रचलित विभिन्न खेलकुद प्रतियोगिता समेत सञ्चालन गरिने छ । राष्ट्रिय कलाकारहरुमा  सम्झना लामिछाने मगर, निरु श्रीस मगर, आरुसी मगर, तिला गरङ्जा मगर, लक्ष्मी राना मगर र रुपा दलार्मी मगर लगायतका कलाकारहरुको प्रस्तुति रहने छ ।


मेलामा मगरहरुको मौलिक खानाका परिकारहरुको स्टल रहने छ । मेलामा प्रवेशको लागी २० रुपैया टिकटको व्यवस्था समेत गरिएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)