यसकारण चाहिन्छ मगर मिडिया !

समयको परिबर्तन संगै आज नेपाली समाज र सस्कृति पनि फेरिएका छन् । जसका कारण जनसंख्याको हिसाबले तेश्र्रो अनि आदीबासी जनजाति मध्ये ठुलो जातिमा पर्ने मगर शमुदायका भाषा, सस्कृति, रहनसहन र सस्कार जन्य कृयाकलापहरु बिस्तारै हराउदैछन् । आज पहिचानको मुद्धा जबरजस्त ढंगले उठिरहेको बेला हाम्रा सस्कार , सस्कृति र रहनसहन लोप हुदै जानु दुखद कुरा पनि हो ।

नेपाली समाजका बिविधिता ,ईतिहास , पहिचान र पछाडी परेका क्षेत्र र बर्गका आवाज लाई स्थान दिनु मिडियाको पनि कर्तब्य हो । तर आवाज बिहिनहरुको आवाज उठाउने नेपाली संचार जगत मगर लगाएत आदिबासी जनजाति र पछाडि पारिएकाहरुको पहुचमा छैन ।

आफ्नै भेष ,भाषा र सस्कृतिका धनी यहाका आदीबासी जनजाति भित्र पर्ने मगरहरु आज दोश्र्रो दर्जाको नागरिक हुनुपरेको छ । हरेक परिबर्तनको आन्दोलनमा अग्रपङतीमा रहेर बलिदान दिने मगरहरु उपलब्धी प्राप्ती पछि भने जसलिने अवसर पाएका छैनन् । आज मगरात भुमि टुक्रयाएर संघिय प्रदेश निर्माण गरी मगर र मगरातको पहिचान नामेट गर्ने कोशिस गरिदैछ । मगर बसोबास क्षेत्रलाई चिरापारेर मगर भाषा, सस्कृति र रहनसहनलाई गुनमान पार्ने दुशप्रयास भैरहेको बेला आम मगरहरुलाई सचेत र सजक बनाउदै मगरका हक अधिकारलाई सुनिश्चित पार्नुको खातिर मगरात क्षेत्रको संरक्षणको लागी राजनैतिक दल र नेताहरुलाई पनि घचघच्याउन पनि आम संचार माध्यमको साथ लिनुछ । दुई चार जना मगरलाई देखाएर फाईदा सबै लुट्नेहरु संग समग्र मगरहरुलाई सावधान गराउन पनि संचार आवश्यक छ ।

आज मगर बाहुल्य क्षेत्रलाई बिभाजित गरेर भोलि हुने कुनै पनि निर्बाचन, चाहे त्यो प्रदेशको नामाकरण नै किन नहोस । यि लगाएतका कुृराहरुमा मगरलाई अल्पमतमा पार्ने र माथि उठ्न नदिने प्रपन्च बाट बच्न पनि मिडियाको आवश्यक छ । हामी भित्रका कुसस्कार र कुरिती हटाउदै जसले चोट दिन्छ उसैलाई भोट दिने हाम्रो परम्पराको अव अन्त्य गर्न पनि हामीलाई हाम्रै मिडियाको आवश्यक छ । पछिल्लो समय नेपाली मुलधारका मिडियाहरुमा हातैमा गन्न सकिने मात्र हाम्रा मान्छेहरु छन् । तर भएकापनि आफ्ना बिचार लेख्ने र राख्ने स्थानमा छैनन् । कसैले पहिचानको आवाज उठाए उ जातिबादी पत्रकारको बिल्ला भिर्न बाध्य हुन्छ । त्यसैले हाम्रा मान्छेहरु पनि मिडिया संचालन गर्न सक्षम छन् भन्ने प्रमाण पेश गर्न पनि हामीले आफ्नै मिडिया संचालन गर्नु आवश्यक छ । अन्त्यमा मगर मिडिया डट कम कुनै शमुदायको पक्षपोषण र कसैको बिरुद्धमा धाबा बोल्नको लागी संचालन भएको होईन । हामीत हाम्रा हक अधिकार प्राप्तीका लागी , हाम्रा सस्कार र सस्कृति जर्गेनाको लागी आवाज उठाउने मात्रै हो । त्यसको लागी शुरुवाती चरणमा हामीलाई सहयोग गर्ने मगर संघ बेलायत  र द मगर्स कृयसन परिवारलाई धेरै धन्यबाद |

हामीलाई बिश्वास छ, तपाईको पनि साथ समर्थन र सहयोग पक्कै प्राप्त हुनेनै छ ।

धन्यबाद ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)