पाँचौ नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा !

सुशान्तगाहा मगर
पोखरा २४ पुष ।
नदिपुर क्लवको आयोजनामा हुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ ।
नदिपुर क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन र ललितपुनको स्मृतिमाहुने पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटबल प्रतियोगिताको तयारी पुरा भएको खेल संयोजक निशान शेरचनले जानकारी दिए ।
नदिपुर क्लब जापानको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा कुल ३० टिमको सहभागिता रहेको खेल संयोजक निशान शेरचनले जानकारी दिए । उनका अनुसार पाँचौ नदिपुर कप सेभेन ए साइड फुटवल प्रतियोगिता पुुसको २४ देखि २९गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण केन्द्रको खेल मैदानमा हुनेछ ।
प्रतियोगितामा बिजेता टिमले १ लाख १ सय ११ र उप बिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्ने क्लबका कोषध्यक्ष अमन पुनले बताए । उनका अनुसार प्रत्येक खेलमा एक जनालाई म्यन अफदिम्याचको रुपमा पुरस्कृत गरिनेछ ।
साथै प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरलाई मेडल, ट्रफी र प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)