मगर पत्रकारहरुका बीचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न !

सोनु थापा मगर
पौष २२, बुटवल
नेपाल मगर पत्रकार संघ रुपन्देहीले हिजो शनिबार बुटवलमा मगर पत्रकारहरुका बीचमा भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । नेपाल मगर पत्रकार संघ रुपन्देहीका अध्यक्ष शोनु थापामगरको अध्यक्षतामा बुटवल हिलपार्कमा भएको कार्यक्रममा नेपाल मगर पत्रकार संघका केन्द्रिय सचिव मिलन गाहा, नेपाल मगर संघ रुपन्देहीका सचिव कमल थापा, प्रेस युनियन रुपन्देहीका कोषाध्यक्ष प्रविण गाहा, नेपाल मगर विद्यार्थी संघका जिल्ला अध्यक्ष कमल थापा, थर्क बहादुर बाह्र घरे, सरिता श्रीस लगायतले बोल्नु भएको थियो । सोही अवसरमा हालै सम्पन्न १४ औं औद्योगिक प्रदर्शनी आइडलका उपविजेता निरज थापामगरलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम कोषाध्यक्ष आकृति थापाको स्वागत तथा सहसचिव लिला रानाको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा रुपन्देहीमा क्रियाशिल ३० जना मगर सञ्चाकर्मी तथा पत्रकारहरुको सहभागिता रहेको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)