नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला चितवनमा हुने, भेला तयारीका लागि समिति गठन !

मगर मिडिया
२३ पुष, चितवन

मगर विद्याथीहरुको साझा सङ्गगठन नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समितिको १० औं राष्ट्रिय विस्तारित भेला यहि फाल्गुन ४ र ५ गते   चितवनमा सम्पन्न हुने भएको छ ।
हिजो शनिबार नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका वर्तमान अध्यक्ष श्री मिलन थापा मगरको अध्यक्षता तथा नेपाल मगर विद्यार्थी संघ केन्द्रिय समिति सदस्य श्री ईश्वर राना मगरको प्रमुख आतिथ्यतामा १० औं राष्ट्रिय विस्तारित भेला सम्बन्धी वृहत छलफल गरी जिम्मेवारी बाँडफाँड र विभिन्न समितिहरु पनि गठन गरिएको छ ।
उक्त राष्ट्रिय विस्तारित भेलामा नेपाल मगर महिला संघ केन्द्रिय कोषाध्यक्ष श्री देवि थापा मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका संस्थापक अध्यक्ष श्री राजेश राना मगर, नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनका भुतपुर्व अध्यक्ष श्री निर्मल थापा मगर, पुर्व अध्यक्ष श्री दिल राना मगर, निवर्तमान अध्यक्ष श्री ज्ञान सिंह आले मगर, संस्थापक कोषाध्यक्ष लक्ष्मी थापा मगर, पुर्व सल्लाहकार श्री मिलन थापा मगर, निवर्तमान कोषाध्यक्ष श्री मनिषा थापा मगर, भुतपुर्व सदस्य श्री गंगा थापा मगर, पुर्व सचिव श्री हिरा बहादुर थापा मगर र पुर्व उपाध्यक्ष श्री विन्दु सिंजाली मगर उपस्थित भएका थिए ।
कार्यक्रममा सम्पुर्ण अतिथिले निरन्तर साथ र सहयोगको प्रतिवद्धता जाहेर गर्दै आआफ्नो ठाउँबाट लाग्न सम्पुर्णलाइ आग्रह समेत गर्नु भएको थियो ।


विस्तारित भेला तयारीका लागि निम्न अनुसारको जिम्मेबारी बाँडफाँड समेत गरिएको छ ।
१) मुल व्यवस्थापन समिति  संयोजक– श्री ईश्वर राना मगर, सदस्य–श्री दिल राना मगर, सदस्य –श्री मिलन थापा मगर
२) आर्थिक संकलन समिति  संयोजक– श्री ईश्वर राना मगर, सदस्य –श्री मिनु राना मगर, सदस्य –श्री मिलन थापा मगर
३) प्रचार प्रसार समिति  संयोजक– श्री सजन मगर, सदस्य –श्री रुपक पुलामी मगर, सदस्य –श्री सुजन थापा मगर
४) प्रतिनिधि व्यवस्थापन समिति  संयोजक– श्री मिलन थापा मगर,सदस्य –श्री मनिषा थापा मगर,सदस्य –श्री पवन राना मगर
५) स्वयं सेवक परिचालन समिति  संयोजक– श्री कुमार सिंजाली मगर,सदस्य –श्री दिनेश नाईसा मगर, सदस्य –श्री अर्जुन थापा मगर
६) खाना तथा आवास समिति  संयोजक– श्री ज्ञान सिंह आले मगर, सदस्य –श्री दिल माया थापा मगर, सदस्य –श्री श्नविन थापा मगर
७) अतिथि सत्कार समिति संयोजक– श्री गंगा थापा मगर,सदस्य –श्री अरुण थापा मगर, सदस्य –श्री सन्जु राना मगर
८) साँस्कृतिक व्यवस्थापन समिति  संयोजक– श्री मिलन थापा मगर पाटा,सदस्य –श्री सुवेक्षा राना मगर, सदस्य –श्री रन्जिता सारु मगर
९)मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन समिति  संयोजक– श्री विशाल लुङ्गेली मगर, सदस्य –श्रीराम राना मगर, सदस्य – श्री युवाराज थापा मगर
९) सल्लाह सुझाव समिति संयोजक – श्री निर्मल थापा मगर, सदस्य –श्री देवि थापा मगर, सदस्य – श्री लक्ष्मी थापा मगर ,सदस्य –श्री राजेश राना मगर, सदस्य – श्री सुरबिर थापा मगर, सदस्य –श्री खिम बहादुर थापा मगर, सदस्य – श्री ठाकुर सिंह आले मगर, सदस्य –श्री विन्दु सिंजाली मगर , सदस्य – श्री काशीमाया राना मगर
साथै १० औं राष्ट्रिय विस्तारित भेलालाई ऐतिहासिक रुपमा भव्य र सव्य रुपमा सम्पन्न पार्न सम्पुर्ण अग्रज व्यक्तित्व, समाज सेवी, भद्र भलादमी तथा विद्यार्थीहरुको सहयोगको लागि नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आह्वान समेत गरेको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)