नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने !

गिता राना मगर
पोखरा २१ पुस ।
नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले आठौ पोखरा महोत्सवलाई सहयोग गर्ने भएको छ । सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लवको आयोजनामा आगामी पुस २७ देखि माघ ८ गते सम्म पोखराको अमरसिंह चौरमा हुने आठौ संस्करणको पोखरा महोत्सवलाई नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद् कास्कीले सहयोग गर्दै आगामी दिनमा पनि सहकार्य गर्ने भएको हो ।
परिषदमा आवद्ध विभिन्न १२ वटा आदिवासी जनजातिहरुको छलफलले पुस २७ गते बाट शुरु हुने आठौ संस्करणको महोत्सवमा हुने झांकी ¥यालीमा समेत सहभागीता जनाउने भएको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्का अध्यक्ष जंग वहादुर गुरुङले जानकारी दिए । गुरुङले पोखरा महोत्सव विशुद्ध सामाजिक काममा अगाडी वढिरहेको र पोखरा लेखनाथको पचभैयामा चिडियाखाना निर्माणमा अगाडी वढिरहदा आफ्नो संस्था पनि लेखनाथ क्षेत्रमा पर्ने भएकाले महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी सहयोग गर्ने वताए ।

त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषदका पदाधिकारी क्याप्टेन मेक बहादुर गुरुङले पनि पोखरा महोत्सव युनाइटेड क्लवले आयोजना गरेको भएतापनि सम्पूर्ण पोखरा लेखनाथ बासीकै महोत्सव र सामाजिक कामका लागी भएकाले आफ्नो संस्थालेमात्र नभइ सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
ङ्योए तमु धि लेखनाथका महासचिव क्याप्टेन मेघ बहादुर गुरुङले पनि पोखरा महोत्सव सामाजिक सेवाकै लागी आयोजना भएकोले सामाजिक काममा भाग लिन पाउनु खुसीको कुरा भएकाले आफ्नो संस्थाको तर्फबाट सक्दो सहयोग गर्न आफु तयार रहेको वताए ।
उक्त अवसरमा युनाइटेड क्लवका महासचिव तथा आठौ पोखरा महोत्सवका प्रचार प्रचार संयोजक राजु श्रेष्ठले युनाइटेड क्लव पोखरामा रहेतापनि कर्मथलो लेखनाथमा पनि भएकाले लेखनाथबासीको सहयोग अपरिहार्य रहेको सन्दर्भमा साविकको लेखनाथमा रहेका नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद्ले देखाएको सदासयताले आठौ पोखरा महोत्सव भब्य र सभ्य हुने वताए ।


उक्त अवसरमा युनाइटेड क्लवका अध्यक्ष आठौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक सुक बहादुर गुरुङले पोखरा महोत्सव स्थापना काल देखिनै विशुद्ध सामाजिक काम कै लागी अगाडी वढिरहदा नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषद संग आवद्ध संघ सस्थाहरुकै सहयोगका कारण आठौ संस्करण सम्म आइपुग्न सफल भएको वताउदै आठौ पोखरा महोत्सवलाई भब्य र सभ्य ढंगबाट सफल बनाउन सवैले सहयोग गर्नुपर्नेमा जोड दिए ।
युनाइटेड क्लवका द्धितिय उपाध्यक्ष तथा महोत्सव सचिवालय ब्यवस्थापन उपसमिती संयोजक लोक बहादुर थापा, क्लवका कोषाध्यक्ष तथा महोत्सव अर्थ तथा स्टल उपसमिती संयोजक गणेश तिमिल्सिना लगायतको सहभागीता रहेको थियो । उक्त छलफलले पोखरा महोत्सव र लेखनाथ महोत्सवलाई सहयोग गर्ने, संस्थागत बिकासको बारेमा बिभिन्न निर्णयहरु गरेको नेपाल आदिवासी जनजाति महासंघ पोखरा लेखनाथ महानगर समन्वय परिषदका सचिव शरद वावु भुजेलले गरेका थिए ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)