नायिका बिना थापाको आर्यघाटमा आज अन्त्येष्टि।

पौष १३, काठमान्डौ

बुधबार काठमान्डौको  बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा परि  निधन भएकी नायिका तथा मोडल बिना थापाको पार्थिब शरिरलाई  आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

स्कुटर चलाएकी थापालाई पानी ट्याङकरले ठक्कर दिँदा उनको मृत्यु भएको हो । काठमाडौं धापासी बस्ने गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ बर्षीया विनाकुमारी थापालाई बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको हो । उनले चलाएको स्कुटर बा ५५ प १३८७ नम्बरको हो ।

रंगमञ्च क्षेत्रमा समेत सक्रिय थापा सिल्पी थिएटर सँग आवद्ध थिइन् । उनले दर्जन बढी म्यूजिक भिडियो र नाटकमा समेत अभिनय गरेकी थिइन् । देश तथा विदेशमा हुने सांगीतिक कार्यक्रममा उनी बढी जसो व्यस्त रहँदै आएकी थिइन् । थापा स्टेज कार्यक्रम र दोहरी गीत क्षेत्रमा चर्चित नृत्याङ्गना थिइन् । थापाले ‘उवर्शी’, ‘डिभोर्स’ ‘रामप्यारी’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

उनी अभिनीत नयाँ चलचित्र ‘शिरफूल’ र ‘पिंजडा ब्याक अगेन’ प्रदर्शनको तयारीमा छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)