बगरमा खुल्यो ‘दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब’ !

मगर मिडिया
पोखरा, २९ मंसिर 
पोखराको बगरमा दि जाइन्ट फिटनेस एण्ड हेल्थ क्लब सञ्चालनमा आएको छ । युवा व्यवसायी तथा खेलाडी मनोज केसीले क्लब सञ्चालनमा ल्याएका हुन् । पचासौं एसियन बडी विल्डिङ च्याम्पियनसिपका पहिलो नेपाली गोल्ड मेडलिष्ट महेश महर्जनले हिजो  एक कार्यक्रमका बीच क्लबको उद्घाटन गरेका हुन् ।
क्लबले स्वास्थ्य तथा खेलकुदको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन सक्ने महर्जनले बताए । ‘जिम गरेर शरिरलाई स्वस्थ राख्ने धेरैको चाहना हुन्छ,’ उनले भने, ‘विशेष गरी शरिरको ख्याल गर्नेहरुका लागि र खेलाडीहरुलाई फिटनेस क्लब आकर्षण बन्नेछ ।’ कार्यक्रममा बोल्दै कास्की जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष शंकरमान उदासले स्वास्थ्यका लागि फिटनेस क्लब महत्वपूर्ण रहने बताए ।


डि एण्ड एस कम्प्लेक्स ट्यास्कीचोक बगरमा सञ्चालनमा आएको क्लबका करिब १ करोड रुपैयाँ लगानी भएको सञ्चालक केसीले जानकारी दिए । फिटनेस क्लबमा मनोज केसी, राजकुमार केसी र निरज केसीको लगानी छ । ‘पुरुष र महिला दुवैलाई लक्षित गरी क्लब सञ्चालनमा ल्याएका हौं,’ उनले भने, ‘नविनतम प्रविधिको प्रयोग गरी आधुनिक डिजाइनमा फिटनेस क्लब तयार गरिएको छ ।’
बिहान ५ बजेदेखि राती ९ बजेसम्म क्लब खुल्ला रहनेछ । २ जनाले नियमित रुपमा प्रशिक्षण दिने केसीले जानकारी दिए । ‘फिटनेस सम्बन्धी सम्पूर्ण अभ्यास क्लबमा हुन्छ,’ केसीले भने, ‘बगर क्षेत्रमा यसको माग भएकाले लगानी गरेका हौं ।’ लाहुरे ट्रेनिङका लागि कार्डियो अभ्यास पनि क्लबमा हुनेछ । क्लबमा आधुनिक उपकरणको जडान गरिएकाले फिटनेस सम्बन्धी भरपर्दो अभ्यास हुने केसी बताउँछन् ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)