एक मित्रको खोजिमा !

– बिजय हितान

मास्टर मित्रसेनलाई किन हो कुन्नी आफ्नै मित्र जस्तो लाग्छ । उनी म भन्दा धेरै अगाडि जन्मेका भएर पनि । उनी मेरै स्वरुपका थिएकी जस्तो पनि लाग्छ । तर उनी जन्मे भारतको भाग्शु, म जन्मे नेपाल को गुल्मीमा । उनिसँग मेरो रगतको नाता पनी छैन । उनका र मेरा जिन्दगीका पानाहरु पल्टाउँदै जाँदा हामी बिच केही चिजहरु मेल खाएजस्तो लाग्छ ।

उनी मजस्तै एक लाहुरे थिए । म परें मेरो मामाको भान्जा, उनी पल्टनिया भान्जा । अर्थात उनका पिता ब्रिटिश इन्डियाको गोर्खा पल्टनमा हुँदा मित्रसेन भाग्सुको तोतारानी छाउनिमा जन्मेर सैनिक परीबेसमा हुर्केका थिए । अर्थात उनी लैन छोकडा थिए । उनी पनि म जस्तै छोटो सैनिक जागिर खाएर निस्केका रहेछन । आफ्नै पिता को पल्टन १/१ गोर्खा राइफलको सिग्नल प्लाटुनका एक बफादार सदस्य । मेरा बुवा पल्टनिया परेनन । उनी नेपाल सरकारको भुमी सुधार मत्रालयका कर्मचारी थिए । मेरो भाविले मलाई बुवा जस्तै कर्मचारी बन्न दिएन । १९८५ मा बेलायती गोर्खा सेनामा भर्ती भएर गोर्खा इन्जिनियर पल्टनमा सेवा गरें ।

मित्रसेन पहिलो विश्व युद्दमा फ्रान्स र मेसोपोटामियामा लडन पठाइए । चार बर्ष लगातार बन्दुक र गोलिसँग खेलेर, सयौं मित्रलाई रणभुमिमा गुमाउंदै, उनी सकुसल घर फर्के । लगत्तै, छ बर्षको कठोर अनुभव सङालेर पल्टन छोडे । नाम कटुवामा । मित्रले जस्तो प्रतछ्य युद्द मैले अनुभव गर्न त परेन । फकल्यान्ड युद्द सिद्देपछी म भर्ती भएको थिएं । १९९० को पहिलो गल्फ युद्दमा जानलाई हामी तयारी अवस्थामा थियौं । लडाईंं लडनुको लागि त सैनिक भैएको थियो । के को डर ? भाग्यबस, तर त्यस युद्दमा होमिन परेन । कोशवो, इराक र अफगानिस्तान युद्द भन्दा अगाडि नै म कटौतिमा परेर निस्किसकेको थिएं । मित्रसेनलाई पेन्सन मिलेन । तर म कटौतिमा परेको सिपाही भएपनी अलिकती पेन्सन पाउँछु । अैले जस्तो मित्रसेनको पालामा समान तलब र पेन्सनको मुद्दा कसले उठाइदियोस !

युद्दको पिडादायिक मानसिकता बोकेर मित्रसेन हरियो पर्खालबाट बाहिर निस्केपछी बाँकी जीवन संगित, साहित्य, र समाज सेवामा अर्पे । म पनि सेवा निब्रित भएपछी उच्छ शिक्षा आर्जन गरें र साहित्यिक तथा सामाजिक कार्यमा निरन्तर लागिरेहेको छु । मित्रले दर्जनौ गीत, भजन, र नाटक लेखेका छन । तिनलाई गाएका पनि छन, मन्चन पनि गरेका छन । नेपाली गीतलाई पहिलोपल्ट रेकर्ड गराउने श्रेय पनि उनैलाई जान्छ । उनका गीत झाउरे भाका का हुन्थे । त्यसैले उनी नेपाली संगितमा ‘झ्यारे किङ’ ले पनि चिनिन्छन । उनी प्रख्यात संगितकार पनि हुन । हार्मोनी, तबला मादल बजाउँथे । आफ्ना गीतहरुमा स्वयम संगित भर्थे । म भने मित्रसेन जस्तो गीतकार, गायक, संगितकार र नाटककार परीन । तर नेपाली साहित्यको साधना गर्छु । कबिता, कथा, र निबन्धका पुस्तकहरु प्रकाशन गरेको छु । इको साहित्यलाई बढावा दिन्छु । पृथ्वीको बातावरण सम्रक्षण र यसको उत्थानको लागि म साहित्य गर्छु ।

मित्रसेन त्यतिबेलाका गोर्खाली सेना र आबद्द परिवार, अनी समाजको कल्याणमा लागेका ब्याक्ती हुन । गोर्खाली समाजमा देखिएका कुरुतिहरु- जुवातास खेल्ने, रक्सी पिउने, रन्डिबाजी गर्ने, नेपाली पहिरन र भाषा संस्क्रितलाइ बिर्सने जस्ता बिषयमा जनजागरण कार्यमा उनी समर्पित थिए । उनका गीतहरुमा समाज र राष्ट्र प्रेमी भावनाले ओतप्रोत भएको पाईन्छ । उनलाई धर्मकर्ममा पनि अचाक्ली रुची थियो । उनका भजनमा गीता, कृष्ण र गोरख बाबाको महिमाको बर्णन पाईन्छ ।

म पनि मित्रसेन झै आफ्नो समाज कल्याणमा लागेको छु । म ‘बन्दुक होइन बा अब मलाई कलम चलाऊन सिकाउनुस’ भन्दछु । गाउँमा पहिले पहिले- छोरालाई किन पढाउने ? युवा भएपछी भर्ती भईहाल्छ- भन्ने चलन थियो । त्यही युगको मानिस म पनि परें । पहिचान र समाबेसियताको राजनैतिक बह्स गरिन्छ । यदी समाज पूर्ण शिक्षित हुन्छ भने यि हक र अधिकार आफ्फै आउँछन भन्ने मेरा मान्यताहरु हुन । त्यसैले मेरा पल्टनिया साथीहरुलाई- तपाईंका छोराछोरीहरुलाई राम्रो शिक्षा दिनुहोस भनेर भन्दछु । हाम्रो बर्ग आर्थिक उन्नतिमा पनि पछी परेको छ । समाजको आर्थिक बिकास पनि शिक्षाको पछीपछी आफ्फै आउँछ । नेपालमा रहँदा पो हामीलाई रोजगारिको अवसर कम थियो, अनी त हामी लाहुरे हुनैपर्ने वाध्यता थियो । बेलायत आएर बसोबास गर्दै गरेका मेरा सहपाठिलाइ- तिम्रा छोराहरुलाई सैनिक नबनाउ, अन्य क्षेत्रमा पनि थुप्रै रोजगारिका अवसर छन, अन्त्य जागिर पाएनन भने मात्रै सैनिक पेसामा लगाउ- भनेर म अर्थी दिनेगर्छु । एक समुदायको समग्र दिगो बिकासको लागि त्यस समुदायक प्रतेक ब्यक्तिमा संचारका चारैओटा आयामहरु- बोलाई, सुनाइ, लेखाइ र पढाई मा पोख्त हुन म हार्दिक आव्हान गर्दछु । यि बिषयमा सतिय ज्ञान ले मात्रै पुग्दैन । गहिराइमा पुग्नै पर्छ । पुस्तक पढने मात्रै होइन अध्ययन गर्न सक्नु पर्छ । कुनै बिषयबस्तुमा बोल्ने मात्रैले पुग्दैन प्रबचन दिन सक्नुपर्छ । कसैको बक्तब्य सुन्ने मात्र होइन त्यसमा ध्यान केन्द्रित गर्ने क्षमता हुनपर्छ । कुनै चिजलाई हेर्ने मात्रै होइन अवलोकन गर्न सक्नुपर्छ ।

मित्रसेन जस्तो म कट्टर धार्मिक ब्यक्ती परीन । धर्म र आध्यात्मबादमा म आस्था राख्दछु । धार्मिक कृयाकलाप युद्दको सुत्रपात हो जस्तो लाग्छ । इतिहाँसका ठुलठुला युद्दहरु धर्मकै कारणले भएका हुन । अैले पनि मध्य पूर्वमा भैरहेको अाइसस ले छेणेको युद्द धर्मसंगै जोडीएको छ । धर्मले मानिसलाई शान्ती मिल्छ भनिन्छ । हुनसक्छ, यसले ब्यक्तिगत रुपमा शान्ती दिलाउला तर सामाजिक, राष्ट्रिय, र अन्तरराष्ट्रिय स्तरमा भैरहेको अशान्तिको एक प्रमुख कारण धर्म नै हो ।

मित्रसेन निब्रित भएपछी जहानपरिवार पाल्न ब्यापार पनि गर्दथे । पल्टनमै स्यानो क्यान्टिन चलाऊँथे । म मित्रसेन जस्तै लघु ब्यापारी त परिन, तर म ब्यापारलाई प्रोत्सहान गर्दछु । ब्यापार गर्ने कला र सिपले समाजलाई धनी बनाउँछ र आर्थिक उन्नतीतिर धकेल्छ । लाहुरे समाजमा भएको पुंजी जग्गा-जमिन र घर निर्माणमा लगाइन्छ । अन्त कतै लगानी लगाइन्न । आर्थिक जोखिम लिने चलन लाहुरे समाजमा अझै आएको छैन । मेरो सोंचाइ के छ भने- बस्न स्यानो घरबार होस र बिहान बेलुका आरामसँग खान पुगोस बाँकी पैसा ब्यापारमा लगानी गरौं ।

मित्रसेनका बाजे बाराजु सेनापती अंमरसिंह थापामगर को पल्टनसँग कुमाउँ गढवाल, सिमला हुँदै धरमसाला पुगेका थिए । नेपालि भुभागलाई पश्चिमतिर बिस्तार गर्ने र अङ्रेजको उपनिबेशलाई रोक्न त्यो अभियान अमरसिङ ले चलाएका थिए । पछी अङ्रेजसँग सन्धि गरियो र गोर्खालीलाइ अङ्रेजी सेनामा भर्ती गरिने प्रथा बस्यो । त्यसपछी पल्टन छोडेपछी लाहुरेहरु उतै घरजम गरेर बस्न लागे । त्यसैले मित्रसेन नेपाली मुलका भारतीय हुन पुगे । उनी भारतमा जन्मेर बसे पनि नेपालको खुबै माया गर्थे । दौरा सुरवाल र बिर्खे टोपी पहिरिन्थे । उनको जीवन कालमा दुइपल्ट नेपालको भ्रमण गरेको पाईन्छ । पहिलोपल्ट नौतनवा, भैरहवा, बुटवल, तानसेन हुँदै गुल्मीको रिडी पुगेका थिए । त्यतिबेला आफ्नो पुर्खौली घर बाग्लुङ को राखुपुल पनि पुगेको अनुमान गर्न सकिन्छ । दोस्रोपल्ट झाउरे संगित प्रचार प्रसारको क्रममा काठमान्डु पुगेर राणा भारदारहरुमाझ दरबारमा गीत गाएका थिए ।

म भने नेपाली मुलको बेलायती हुन पुगेकोछु । सन २००६ मा गोर्खा आन्दोलन पस्चात बेलायती सरकारले आवासिय भिसा दिन सुरु गरेदेखी यंहि छु । मलाई पनि आफ्नो जन्मभुमिको सम्झना छिन्छिनमा अाइरहन्छ । उकाली-वोराली, मकै-ढिन्डो, सिन्की-सिस्नो इत्यादीको याद न आएको दिनै छैन । झनै अैलेको राजनैतिक अस्थिरताले त अती चिन्तित बन्छु । अघीपछी अन्य कपडा लगाए पनि नेपाली चाडपर्ब र साहित्य गोष्टीहरुमा दौरा सुरुवाल पहिरने गर्छु । बर्ष दुइबर्षमा आवश्यकता अनुसार नेपाल आउने जाने गर्छु । नेपालमा रहनुभएकी जन्मदिने आमालाई भेट्न गैरहन्छु । नेपाल गएर मित्रसेन जस्तो गीत र संगित त गर्दिन । तर नेपाली साहित्य गोश्टीमा भाग लिन्छु, वातावरणिय र युद्द कबिताहरु सुनाउँछु । भुइचालो ले छतीग्रस्त झुपडा र स्कुल भवनहरुलाई सहयोगका सामग्रीहरु बाँडेकोछु । राष्ट्रिय निकुन्ज भ्रमण गरेर लोपान्मुख बन्यजन्तुको अवलोकन गर्दछु र तिनको सम्रक्षणमा सहायता पुर्याउंछु ।

उनी हिन्दी, उर्दु, नेपाली र अङ्रेजी भाषा बोल्दथे । मलाई पनि आफ्नो नेपाली भाषा बाहेक हिन्दी, चाइनिज, मले, फ्रेन्च र अङ्रेजी बोल्न आउँछ ।

म पचास नाघिसकें । जिन्दगीमा त्यती उल्लेखनिय कार्य केही गरिएको जस्तो लाग्दैन । गर्नुपर्ने अझ धेरै छन । त्यसर्थ लामो बान्च्ने लालचा छ । मित्रसेनले दुई दसक भन्दा बढी समयावधी संगित, साहित्य, र समाजमा अर्पेर पचास नपुग्दै स्वर्गेबास भए । उनको दुइवोटा घरबार भएको थियो । पहिलो श्रीमती र छोराछोरी रोगले अल्पायुमै गुमाउनुपरेको थियो । पछी दोस्रो विवाह गरेका थिए । सानैमा भुइन्चालोले घर गुमाउनुपरेको थियो । भगवानको कृपाले मलाई त्यस्ता बिपत्ती अझै अाइपरेका छैनन ।

मित्रसेनको सांगितिक देनलाई कदर गर्दै उनलाई ‘मास्टर’ उपाधि दिइयो । मृत्यु पस्चात उनको सम्मानमा नेपाल र भारत सरकारले हुलाक टिकट छापिदियो । उनको नामको प्रतिसठान् स्थापना गरिएको छ । स्कुल र सडकका नामकरण उनको नाममा गरिएको छ । दुइजना विद्यार्थीले उनको संगित र गीत पक्षमा बिद्या बारीधी गरेकाछन । ठाउंठाउंमा उनको प्रतिमा खडा गरिंदै छन । उनका अप्रकाशित भजन, गीत, नाटक, कथा, निबन्धका पुस्तकहरु प्रकाशित भैसकेका छन् ।

मैले पनि राम्रो काम गरें भने ‘सर’ उपाधिले बेलायती रानीद्वारा सम्मानित हुन सक्छु । तर अझै म त्यो स्तरमा पुगेको छैन । साहित्यमा केही उल्लेखनिय योगदान र प्रसिद्द पुस्तकहरु लेख्न सकें भने भावी सन्ततिले मेरो जिवनिमा बिद्या बारीधी गर्लान । र मेरा नाममा केही बस्तुहरुको नामकरण गरिएला । यिनै फल प्राप्तिको आसामा म पनि रातदिन खटेकोछु ।

यस्ता बहु प्रतिभाका धनी मास्टर मित्रसेनको बारेमा पुस्तकहरु पढियो, उनका गीतहरु सुनियो । यस्ता ब्याक्तिको जन्मथलो कस्तो रहेछ त भन्ने कौतुहलले २०१७ मार्च महिनामा मैले लामो यात्रा तय गरें; बेलायतबाट दिल्ली हुँदै धरमशाला । यसभन्दा अघी सन २०१६ मा बेल्जियममा अवस्थित फ्ल्यान्डर फिल्ड पनि भ्रमण गरें, जँहा सन १९१४ मा मित्रसेन जर्मनसँग लडेको हुनपर्छ । उत्तरि फ्रान्सको भुमी र त्यतिबेलाको मौसम गोर्खाली पल्टनलाई अनुकुल न भएकोले १९१५ मा मेसोपोटामियामा अटोमन एम्पायर बिरुद्द लडन लगिएको थियो । उनी लडदै बासरा हुँदै बगदादसम्म पुगेको अनुमान गर्न सकिन्छ ।

उनी हिन्डेका प्रतेक डोबहरु पच्छ्याउन नसकिएला, तर धरमसालाको मेरो त्यो भ्रमण एक तिर्थस्थलको दर्शन जस्तै महसुस भएको थियो ।

(क्रमस अर्को अङ्कमा)

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)