पुन मगर समाज यूकेद्धारा गायिका सीता थापालाई आर्थिक सहयोग !

मगर मिडिया
१७, काठमाण्डौँ
पुन मगर समाज यूकेले लोकदोहोरी गायिका सीता थापाको उपचार को लागि २ लाख १३ हजार रकम आर्थिक सहयोग गरेको छ । उक्त रकम पुन मगर यूके समाजका सल्लाहकार मनवीर पाईजा, म्याग्दी कलाकार संघका उपाध्यक्ष सम्भोज मल्ल, सचिव राम गगन, कोषाध्यक्ष पूर्न थापाले नर्भिक अस्पतालमा पुगेर  हस्तान्तरण गरेका थिए ।
म्याग्दीको बेनपा १० वाखेत स्थायी घरभई हाल काठमाण्डौमा बस्नै थापा मगर समुदायको पहिचानको रुपमा चिनिने थाली नाचको सर्जक समेत हुन् । पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिको गत असोजको तेस्रो दोस्रो महाधिवेशनमा सांगितिक कार्यक्रम प्रस्तुत गर्दा उनी गम्भीर घाईते भएको थियो । थाली नाचको प्रचारप्रसारमा सक्रिय रहेकी थापा घाईते भएपछि म्याग्दी काठमाण्डौ कलाकार मञ्चले समेत उपचारमा आर्थिक सहयोग जुटाइरहेको छ । काठमाण्डौको नर्भिक अस्पताल र थेरापी गरिरहेकी थापाको बायाँ हात खुट्टा अझै चलेको छैन् । थापाको उपचारमा थप सहयोगको आवश्यकता रहेको म्याग्दी काठमाण्डौ कलाकार मञ्चले जनाएको छ ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)