नेपाल मगर संघ शाखा युएईको अध्यक्षमा टंक थापा मगर, युएईमै सागर र सुजाताको धमाका !

मगर मिडिया
२५ नोभेम्वर, युएई

नेपाल मगर संघ शाखा युएईको नवौँ महाधिवेशनबाट टंक थापा मगरको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति चयन भएको छ । १० नोभेम्वर २०१७ मा भएको नवौँ महाधिवेशनको बन्दसत्रबाट उक्त कार्यसमिति सर्वसम्मतबाट चयन भएको हो । कार्यसमिति चयन १० गते भएपनि यसको घोषणा भने बृहत सांस्कृतिक साँझ २०१७ तथा नवौ महाधिवेशन घोषणा सभाबाट २४ नोभेम्वरमा गरिएको थियो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका महासचिव ज्ञानेन्द्र पुन मगर प्रमुख अतिथिको रुपमा पुग्नु भएको थियो भने नेपाल आइडल टप ४ बाट बाहिरीए सँगै चर्चाको शिखरमा पुग्न सफल गायक सागर आले मगर र टप ५ मा पुग्न सफल गायिका सुजाता पाण्डे लगायत स्थानिय कलाकारहरुको जोडदार प्रस्तुति रहेको थियो । साथै साँस्कृतिक कार्यक्रमको सञ्चालनको लागि आरजेभिजे रवि राना मगर नेपाल बाट युएई पुगेका थिए ।

नेपाल मगर संघ शाखा युएईको नवौं महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति निम्न अनुसार रहेको छ ।
१० टंक थापा मगर, अध्यक्ष
२० सिला राना मगर, बरिष्ठ उपाध्यक्ष
३० मन सारु मगर, उपाध्यक्ष
४० ग्यावत राना मगर, उपाध्यक्ष
५० लाल बहादुर सिङ्ग मगर,उपाध्यक्ष
६० नुरेन्द्र दिसुवा मगर, उपाध्यक्ष
७० कैलास खाम मगर, १८ मगरात भाषिक उपाध्यक्ष
८० डोल राना मगर, महासचिव
९० भुवन थापा मगर, सचिव
१०० सुमन मगर, कोषाध्यक्ष
११० लोक सुनारी मगर, सह कोषाध्यक्ष
१२० मोहन बुढाथोकी मगर, प्रवक्ता
१३० सनम बाचे मगर, सदस्य
१४० होम थापा मगर, सदस्य
१५० नविन थापा मगर, सदस्य
१६० राजेन्द्र थापा मगर, सदस्य
१७० फलेन्द्र बलम्पाकी मगर, सदस्य
१८० चन्दा पुलामी मगर, सदस्य
१९० नयन घर्ती मगर, सदस्य
२०० ऊत्तम थापा मगर, सदस्य
२१० मनु थापा मगर, सदस्य
२२० माया थापा मगर, सदस्य
२३० दिपक थापा मगर, सदस्य

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)