मगर महिला: चुनौती र बिकास !

– बिजय हितानमगर

मेरो अनुभव

एक मगर महिलालाई म एकदमै नजिकबाट बुझेको छु । मसँग उनको यती मोटो पुस्तक नै छ भनेपनी हुन्छ । यसलाई म दिनरात अध्यन गर्ने गर्छु- कहिले भान्सामा, कहिले बिस्तारामा, कहिले बैठक कोठामा, कहिले बारीमा त कहिले बाटामा । यो पुस्तकको नाम ‘कल्पनाको कथा’ हो भन्न रुचाउँछु । यसरी एक मगर महिलालाई मैले जती अरु कसले बुझेको छ होला र भन्ने पनि लाग्छ । दिदी बैनी भगवानले दिएनन, ता पनि मगर महिलाको रुपमा मेरी आफ्नै आमालाई बुझेको छु । म स्यानो छँदा, बुवा महिला दिवस मनाएर घर आउँदा, आमालाई थाहै हुने थिएन महिला दिवस कैले, किन, र कहाँँ मनाइन्छ भनेर । त्यसर्थ मगर महिलालाई मैले मेरी आमा जस्तै पनि बुझेको छु ।

भबिश्यका मगर महिलाहरु मेरी आमा जस्तो नहुन भन्ने ध्ययले साइँला बुवाको छोरीलाई गाउँबाट शहर झारेर आफ्नै खर्चमा पढाइदिएको छु । त्यो खर्चमा मेरा बैदेसिक रोजगारका पसिनाका थोपा मिसिएका छन । आज उनी मास्टर डिग्री गरेर एक गैरसरकारी संस्थामा काम गर्छिन । यसरी आफ्नो प्रगती गरेर उनले मलाई खुशी तुल्याएकी छिन् । फुपैकी छोरी र सालीलाई, उनिहरुले बिदेशी भुमिमा केही अनुभव सङ्गालुन र केही कमाउन पनि भनेर, घरेलु कामदारको रुपमा रोजगारी दिएको छु । त्यो मेरो रहर र मलाई तिनिहरुको सेवाको खांचो भन्दा पनि उनिहरु प्रतिको मेरो सहयोग थियो । बैदेशिक अनुभव पछी दुबैजनाले उच्च शिक्षा हाँसिल गरेर स्कुलमा प्रध्यापन गर्ने काम गरेको देख्दा म गौरवान्तीत हुन्छु । एउटी अर्की साली र अर्की फुपुकी छोरीलाई उनिहरुको शिक्षाको लागि आर्थिक सहयोग गर्दै अाइरहेको छु । उनिहरुको पनि उज्यालो भबिश्य देखिसकेको छु ।

तर मलाई थाहा छ, अभाग्यबस, लाखौं मगर महिलाहरु यस्ता अवसरबाट बन्चित हुनुपरेको छ । यो कुरो पनि मैले बुझेको छु ।

मगर महिलालाई, ब्यक्तिगत रुपमा यसरी बुझेको छु भने, समाज मा हिँडदा हिंडदै समाजीक दृष्टिकोणबाट पनि बुझ्ने मौका पाएको छु । चेतना एंवम बिकास को हिसाबले मगर महिला, ब्रामण-छेत्री महिला सँग त तुलना नगरौं, राइ-लिम्बु महिला भन्दा पनि पछी परेको मेरो बुझाई हो ।

बिकास र अैलेको अवस्था

आज भन्दा ३५ बर्ष अगाडि, सन १९८२ मा मगर संघ नेपालको स्थापना भएको थियो । आज मगर महिला संघको बिशौं स्थापना दिवस मनाइ रहंदा नेपाल मगर संघ जन्मेको १५ बर्ष पछी यस संस्थाको जन्म भएको देखिन्छ । मगर महिला संघ जन्मेको बर्ष मगर संघ हङ्कङको पनि स्थापना भएको रहेछ, जसले यसै बर्ष (२०१७) आफ्नो २० औ स्थापना दिवस मनाउनुको साथै नयाँ कार्य समितिको चयन गरेको छ । याँहा मगर संघ हङकङ को बिषय किन उठान गर्न खोजिएको हो भने यसलाई एक महिला- चन्द्रज्योति आले मगरले दुई कार्यकाल सफल नेत्त्रुत्व दिएर जानुभएको छ । हामीले मगर संघ हङकङ १९९७ मा स्थापना गर्दा कार्यसमितिमा कोहिपनी महिला हुनुहुन्दैनथ्यो । मलाई यस संस्थाको संस्थापक सचिव भएर काम गर्ने सौभाग्य मिलेको थियो । दोस्रो कार्यसमिती चयन हुँदासम्म केही महिला सदस्यहरु भित्रिनु भयो । जसमा चन्द्रज्योति जि सान्स्कृतिक सचिव भएर काम गरेको मलाई सम्झना छ । दुई सफल कार्यकाल पस्चात वाँहाले युगमाया राना मगरलाई नेत्रुत्व हस्तान्तरण गरेर बाहिरिनु भयो । महासचिव निलम राना मगर जस्ती एक सक्षम महिला पनि आउनुभएको छ । यसर्थ मगर महिलाको ब्यक्तित्व तथा नेत्रुत्व बिकास कसरी गर्ने भनेर चन्द्रज्योति जि सँग लामो अनुभव छ । यस कार्यमा हङकङबासी पुरुष मगरहरुको ठुलो हात छ- आफु पछाडी बसेर सहयोग गर्ने । यस अर्थमा मगर संघ हङकङ एक उदाहरणिय संस्था हो भनेर म मगर महिलाहरुलाई भन्न चाहन्छु ।

मगर महिला संघले बिसौं बसन्तहरु पार गरे पनि समग्रमा उल्लेखनिय उपलब्धी भने हाँसिल गरेको देखिदैन । मगर समाजमा बुद्द धर्मको प्रभाव र लाहुरे परम्पराले गर्दा महिलालाई, हिन्दू समाजमा भन्दा, धेरै हक र अधिकार प्राप्त भएको देखिन्छ । महिलालाई सम्मान र पुरुष समान व्यबहार पनि त्यत्तिकै गरेको पाईन्छ । तर त्यसै अनुपातमा मगर महिलाहरुको समग्र बिकास भने भएको छैन । मगर समुदायको नेत्रुत्व सम्हाल्न सक्ने महिलाको क्षमता ब्रिदी अझै भएको देखिदैन । उपाधक्ष्य पदसम्म महिलाहरु आउँछन अनी ओझेल पर्छन । यद्धपी राष्ट्रिय स्तरमा केही महिलाहरुको नाम भने सुन्ने गरिन्छ ।

मगरहरुमा नामचलेको महिला हुनुहुन्छ बमकुमारी बुढा । वाँहा मेरो बुवा जयबहादुर हितानको समकक्षी हुनुहुन्छ । जयबहादुर नेपाल मगर संघको सचिव भएर काम गर्दा वाँहा केन्द्रिय कार्यसमितिमा बसेर मगर समुदायको सेवा गर्नुभयो । त्यसपछी वाँहा उपाधक्ष्य पदमा लामो सेवा गरेर अध्यक्ष्यको लागि लडनु भयो । एक महिला भएरै होला नेपाल मगर संघको सर्बोच्च पदमा बसेर काम गर्ने सौभाग्य भने वाँहालाइ मिलेन । त्यसपछी पुरुषहरुलाई च्यालेन्ज दिने महिला आउन सकेका छैनन ।

मगर महिला संघकी पूर्व अध्यक्ष्य गंगा खासुसँग मेरो त्यती उठबस भएन, ता पनि वाँहा अध्यछ्य हुँदा वाँहाले गरेका केही राम्रा कृयाकलापका बारेमा सुनेको छु । मगर विद्यार्थी संघका पूर्व अध्यक्ष्य रेनुका काउचा र दिपा आलेलाई अली नजिकबाट चिनेको छु, सायद मगर विद्यार्थी सङ्गठनमा मेरो रुची रहेर होला । मगर विद्यार्थी प्रती अरुको भन्दा मेरो बिशेष चाँसो रहनुको कारण बुवा जयबहादुर हितान कै पहलमा बिद्यार्थी संगठनको जन्म भएको थियो । तत्पश्चात यसको सङ्गठनात्मक बिस्तारमा जयबहादुरले खेलेको महत्वपूर्ण भूमिका सबैलाई बिधितै छ । रेनुका अैले गलकोट नगर पालिकाको उप मेयर हुनुहुन्छ ।

मगर समुदायले बिकास गरेको क्षेत्र भनेको पत्रकारिता हो । मगर पुरुष तथा महिला दुबै उल्लेखनिय सङ्ख्यामा पत्रकारितामा आउनुभएको छ । दिपा आले र देबिका घर्तिमगर मैले चिनेका सफल पत्रकार हुन ।

एअाइजिपि पार्वती थापामगर अर्को नाम चलेको महिला हुनुहुन्छ । तर अभाग्यबश महिला र त्यसैमा जनजातिकी भएकिले वाँहा अाइजिपी हुन नसकेकी एक पीडित महिला हुनुहुन्छ । राजनैतिक षड्यन्त्रले गर्दा वाँहा नेपालकै प्रथम महिला अाइजिपि हुन नसक्नुभएको तितो अनुभव हामी सबैलाई छ । मावोबादी द्वन्द्वबाट राजनीतिमा घुसेकी सभामुख ओनसरी घर्तीमगर एक सफल राजनीतिकर्मी मगर महिला हुनुहुन्छ । समाजसेवा गरेर राष्ट्रिय अन्तरराष्ट्रिय क्षेत्रमा चर्चा बटुलेकी इन्दिरा राना मगर, जसले जेलमा परेका अभिभावकका छोराछोरीलाई हेरबिचार पुर्याउने संस्था सन्चालन गर्नुहुन्छ, अर्को प्रचलित नाम हो । वाँहाले अन्तरराष्ट्रिय स्तरका पुरस्कारहरु पाउनु भएको छ । हालै बिबिसि को ‘बर्ष महिला’ मध्य सय नम्बर भित्र पर्न सफल हुनुभएको छ ।

संगित जगतमा, बिशेष गरेर लोक गीत गायनमा, धेरै मगर महिलाको नाम राष्ट्रिय स्तरमा घन्किन्छ । यो मगर महिलाहरुको एक दरिलो पक्ष हो । नाच्नु गाउँनु मगर महिलाको जन्मजात गुँण हो जस्तो मलाई लाग्छ । तर गीत लेखनमा मगर महिला ससक्त भएर लागेको देखिएको छैन । गायन भनेको बोल्नु हो, गीतकार हुनु भनेको लेखन हो । लेखन क्षेत्रमा मगर महिला धेरै पिछाडी छन । साहित्यिक फाँटमा मगर महिला सुन्य नै छन भन्दा हुन्छ । त्यसैगरि अध्यापन र बिद्याबारिधी गरेका कहलिएका मगर महिला मलाई सुन्नमा आएको छैन ।

मगर संगठन भित्र जिल्लामा होस या राष्ट्रिय स्तरमा, महिलाहरु उपाधक्ष्यसम्म भएर छोडेको धेरै उदाहरण छन । हो, बमकुमारी नेपाल मगर संघको अध्यक्ष्य भएर काम गर्ने प्रयास बिफल भयो । त्यसैगरि मगर संघ बेलायतमा हिमाली राना अध्यक्ष पदका लागि उठ्नुभयो । तर सफल हुनुभएन । कारण, त्यो पदमा बसेर काम गर्न अली हतार गर्नु भयो कि भन्ने सबैको बुझाई छ । आफुलाई सपोर्ट गर्ने कती छन त भनेर पहिला बिचार पुर्याउन पर्थेयो । पहिलो असफलता पछी हरेस खानु पनि हुन्नथ्यो । निरन्तरता दिईनै रहनु पर्थ्यो । हार जित जस्को पनि हुन्छ ।

बेलायतको सदर्भ

बेलायतमा कमला, हिमाली, अनिता, बिष्णु, नानु, गोमा, देवी, सिता, मिरा पिजि, समुन्द्र पारी, छबी, सरला, जानुका, शान्ती इत्यादी चिरपरिचित नामहरु हुन । यि सबै महिलाहरु मगर सघ बेलायतको केन्द्रिय समिती, महिला समिती, साखा समितीमा रहेर गत एक दसकदेखी सक्रियताका साथ लाग्नुभएको छ । म आबद्द केन्ट साखामा महिला उपसमिती दुई बर्ष अगाडि मेरै प्रयासमा गठन भएता पनि महिला जागरण सन्तोषजनक छैन । तर केन्ट साखाकी सिता पुन जि अहिलेको केन्द्रिय उपाधक्ष्यमा हुनुहुँदा मलाई गर्ब लागेको छ । अहिलेको मगर संघ युकेको कार्यसमितिमा मगर महिलाको सहभागिता उल्लेखनिय छ । दुइजना ससक्त महिला उपाधक्ष्यमा हुनुहुन्छ । सहयोग र सहमति हुनसकेमा निकट भबिश्यमा मगर संघ बेलायतको नेत्रुत्व सम्हालन सक्ने केही महिला अनुहार देखेको छु ।

प्लम्स्टिड साखामा पनि आमा समुह दरिलो देखिन्छ । युएचएस्बि र स्विडन साखाका महिलाहरु सबैभन्दा बढी ससक्त भएर लागेको देखिन्छ । यत्तिकै ससक्तता अन्य साखाहरुमा पनि देख्न पाइयो भने मात्रै, तब मैले मान्ने छु, मगर महिलामा केही जागरण आएछ भनेर । आदिवासी जनजाती महासंघ बेलायत महिलाको संस्थापक अध्यक्ष कमला राना हुनुहुन्छ । वाँहा सामाजिक साथै राजनैतिक चेतनसिल महिला हुनुहुन्छ । सबैमा कम्तिमा वाँहा जत्तिकै चेतना आयो भने बल्ल मगर महिलाको बिकास हुनसक्छ । एनआरएनमा शान्ती कुँवर मगर अनवरत रुपमा लागेको दिखिन्छ । २०१७ को अधिवेसन पस्चात वाँहा एनआरएनको केन्द्रिय सदस्य हुन सफल हुनुभएको छ । संचारको छेत्रमा रेडियोकर्मी भएर लामो सेवा प्रदान गर्दै गर्नुहुनेमा बिएफबिएस् गोर्खा रेडियोका आशा र रुपा हुनुहुन्छ । उनिहरुका फ्यान संसारभरी पर्सस्तै छन तर सो अनुसारको सामाजिक कार्यमा लाग्न भ्याउनुभएको भने छैन ।

यि मगर महिलाहरुलाई म आदिबासी जनजाती (आ. ज.) का अन्य महिलाहरुसँग तुलना गर्छु । मगर भन्दा राइ-लिम्बु महिला अलिकती अगाडि भएको पाएको छु । त्यो स्तरमा पुग्न मगर महिलालाई अझै दसकौं लाग्ला । शसी, लारा, बिमला, जानुका, जानु, प्रमिला, कल्पना, निर्मला इत्यादी मैले चिनेका चेतनशिल राइ-लिम्बु महिलाहरु हुन ।

अडचनहरु

पुरुषले महिला प्रती गर्ने असमान व्यबहारको बिषयलाई कोट्ट्याउँदै गर्दा राज्यले आ. ज. प्रति गर्दै आएको असमान व्यबहारसँग तुलना गरौं । राज्यमा एकल जाती को हालिमुहाली छ । आ.ज. ले राज्यसत्ता बाहिर रहेर समाबेशीताको माग गरिरहेका छन । राज्यका डाडुपन्यु चलाऊनेहरु भन्छन- सक्षम छौ भने प्रतिस्प्रधामा आउ । जुन कुरो सत्य पनि हो । अर्को यथार्थ के पनि हो भने, राज्यले इतिहाँसदेखीनै बिबेधपूर्ण निती अपनाएको छ । तर यसरी पिछडाइएका समुदायलाई त्यतिबेलै देखी ‘हामीलाई यसरी किन दबाइएको छ ?’ भनेर चेतना किन आएन र मैत्रिपूर्ण प्रतिबाद किन गरिएन ? बिक्रम सम्बद २०५० को दसकमा आएर मात्रै किन मावोबादि जनआन्दोलनले यस बिषयलाई उठान गरिदिन पर्ने ? यसलाई अब सुक्ष्म रुपमा बैज्ञानीक बिश्लेशण गर्न जरुरी देखिन्छ । सर्बप्रथम आफ्नै कमी कमजोरी कहाँं छन भनेर केलाउनु उचित देखिन्छ । त्यसकारण मैले त के भन्छु भने- वंसाणुगत कारणले पनि यस समुदायका मानिस पिछाडी परेका हुन । जैबिक बिकासको क्रममा एक समुदाय अर्क्रो भन्दा पिछाडी हुन्छ नै । त्यसर्थ यस समुदायमा चेतनाको घेरा सांघुरो छ । चेतनाको पूर्ण बिकास हुन अझै सताब्दी कुर्नुपर्ने देखिन्छ ।

यही कुरा पुरुष र महिला बिचको द्वन्दमा पनि लागु हुन्छ । मानविय बिकासको क्रममा महिला पुरुसभन्दा पिछाडी नै छन । जसरी महिला पुरुष भन्दा सारिरिक रुपले कमजोर हुन्छन त्यसरी नै बुद्दी र चेतनाको हिशाबले पनी । तर यस कमजोरिलाई तालिम, प्रशिक्षण, मेहनत इत्यादिले सुधार गरेर एउटै स्तरमा ल्याउन सकिन्छ । त्यसकारण समान अधिकारको मागको साथसाथै आफ्नो ब्यक्तित्व बिकास गर्दै महिलाहरु पुरुषको प्रतिस्प्रधामा आउन सक्न पर्यो भन्ने मेरो बिचार हो ।

तर यसो हुन नसक्नुका कारणहरु थुप्रै हुनसक्छन । धार्मिक, समाजिक, पारिवारिक कुराहरु र महिला स्वयमको शारिरिक सम्रचना इत्यादी यसका अड्चन्हरु हुन । ‘के गर्ने ! प्रकृतिले वा भगवानले दिएको बरदान हो’ भन्दै कुनामा बसेर हुँदैन । यो जालोलाई तोडेर बाहिर निस्कन म मेरा महिला मित्रहरुलाई सुझाव दिन चाहन्छु ।

अैलेको संबिधानले महिलालाई ४० प्रतिसत राजनैतीक स्थान सुरक्छित गरिदिएको छ । स्थानिय निकायको चुनावमा सबै पार्टिले एक महिला एक दलित महिला गरेर सहायक प्रमुखमा महिला उम्मेदवार उठाउनै पर्ने नियम राखिदिएको छ । महिलाको उम्मेदवारि शुल्क पनि आधा मात्रै लिने ब्याबस्था छ । यस्तो सुबिधाको फाईदा महिलाले लिन जान्न पर्छ । फल्सरुप रेनुका काउचा जस्तो मगर महिला अैलेको स्थानिय चुनावबाट नगरपालिकाको उपमेयर हुन सफल हुनुभएको छ ।

परिवारमा श्रीमान तथा अन्यको पनि सहयोगको खान्चो छ । उदाहरणको लागि कुमारले अनितालाई सबै सामाजिक कार्यक्रममा साथ दिएको देखिन्छ । त्यसैले होला अनिता अहिले मगर सघ बेलायतको उपाधक्ष्य जस्तो गरिमामय पदमा आउन सफल हुनुभएको छ । मेरो सन्दर्भमा कुरा गर्दा भने, जयबहादुर हितानलाई मेरो मुवाको चाहे जती सहयोग हुन सकेन होला, त्यसैले बुवाको आफ्नो क्षमता जती सफल हुन सक्नुभएन । भन्दैमा, परिवार र समाजको समर्थन जुटाउने कला आँफैमा निर्भर गर्छ । प्रयास गर्दागर्दै पनि भएन भने समाज र सामाजिक कार्यमात्रै सबै थोक होइन, आफ्नो पारिवारिक बिकासमा लाग्दा हुन्छ । एउटा समुदायको सबै परिवार सक्षम हुन्छन भने समुदाय स्वत: बलियो बन्छ ।

मैले मगर महिलामा बढी लज्जालुपन देखेको छु, राइ-लिम्बु र बाहुन समुदायमा भन्दा । यो पनि प्रगतिको बाधक हो । यसको कारण बलियो आत्मबिश्वास न भएर हो । उच्छ शिक्षा, सामाजिक कार्य तथा अन्तरकृयामा हिँडने, बहसमा भाग लिने इत्यादी गतिबिधिले आत्मबिश्वासलाई दरिलो बनाउंछ । तर उपरोक्त कृयाकलापमा मगर महिलाको सहभागिता न्युन देखिन्छ ।

अगाडि कसरी बढ्ने ?

उच्छ शिक्षा समयमा लिईएको छैन भने स्वअध्ययन तिर लाग्ने । चेतनशिल हुन विश्व बिद्यालयको डिग्री नै चाहिन्छ भन्ने छैन । कुनै बिषयमा आँफैले पुस्तक पढने, सभा गोश्टिमा सम्मिलित हुने, अध्यन र चिन्तन गर्ने, किन कसरी हुन गयो भनी प्रश्न सोधेर आँफैले उत्तर खोज्ने जस्ता बानिको बिकास गर्नुपर्छ ।

भाषाका चारै आयामहरु- बोलाई, सुनाइ, लेखाइ, र पढाईमा आफुलाई पोक्थ बनाउन अती आवश्यक छ । मानिसलाइ सुन्न र बोल्न जन्मन बित्तिकै आउँछ । स्कुल कलेज जीवनमा लेख्न पढ्न सिकेका तर त्यसलाई निरन्तरता दिन नसकेका कती अग्रज महिलाहरु पाईन्छन । सकिन्छ भने, उच्च शिक्षा लिनतिर लाग्नुपर्छ । बेलायतमा रहेकी लक्ष्मी राइ थापा (लारा) ले जस्तै । लारा नै होलिन आदिवासी चेली, जसले प्रौढ अवस्थामा पारिवारिक जिन्दगी बिताउंदा बिताउंदै पनि बिलायतमा मास्टर डिग्री गरेर समाज सेवा गर्दै गरेकी । उनी पहिलेदेखी नै सामाजिक र साहित्यिक गतिबिधिमा लागेकी महिला हुन । अध्ययन गर्ने प्रेरणा साथै आत्मबिश्वास उनलाई यसै छेत्रबाट मिलेको जस्तो मैले बुझेको छु ।

पढाईलाई निरन्तरता दिईरहनुपर्छ । लेखाइमा पनि कलम चलाईरहनु पर्छ । मेरा फेसबुकका मगर महिला र अन्य महिलाको स्टाटस लेखाइमा जमिन आसमान को फरक देख्दछु । स्टाटस लेखाइ पनि एउटा कला हो । जसले अलिकती घोत्लिने बानी हुन्छ, जसको चिन्तन गर्ने छमता हुन्छ त्यसले राम्रो स्टाटस लेख्नसक्छ । चिन्ता होइन चिन्तन गरिनु पर्छ । चिन्तन भनेको- किन, कसरी, कैले, कँहा कुनै घटना घट्यो भनेर घोत्लिनु हो । समाजमा निस्केपछी पुरुषसँग व्यबहार गर्दा खुलेर निर्धक्कसँग गर्ने बानिको बिकास गर्नुपर्छ । महिला स्वरुप पस्केर लजाउने, कमजोर आत्मबिश्वास देखाउने गर्न हुँदैन । यसो भयो भने कमजोरिको फाईदा लिने धेरै हुन्छन ।

पती देखी स्वतन्त्र हुने हो भने, बेलायतको सन्दर्भमा, सबै महिलालाई गाडी चलाऊन सिक्नुस भन्छु म । प्राय सबै महिलाले काम गरेर आफ्नै कमाइ खाएको देखिन्छ । तर कार्यक्रमहरुमा श्रीमानले हाँकेको गाडीबाट उत्रेको देख्छु । आफ्नै पैसाले तेल भरेर, गाडी आँफैले चलाएर, सामाजिक कार्यमा पुग्न सके त्यसले महिलालाई एक किसिमको स्वातन्त्रता दिन्छ जस्तो मलाई लाग्छ । एउटा परनिर्भताबाट त मुक्ती पाइयो ।

महिला संगठनले ब्यक्तित्व बिकासकालागी बक्तब्य कला ब्रिदिका अन्तरकृया आयोजना गरिनु पर्छ । महिला संगठन स्थापनाका दिवस जस्ता कार्यक्रममा पूर्व अनुसन्धान गरेर लिखित कार्यपत्र पेश गर्ने प्रयास गरिनुपर्छ । आफ्नो समाजमा मात्र नभै अन्य समाज र स्थानिय बेलायतबासिका गतिबिधी, अन्तर्कृया, सेमिनारमा पनि भाग लिनुपर्छ । अनिमात्रै सामाजिक बिबिधताको ज्ञान बढ्दछ र ब्यक्तित्व बिकास साथै आत्मबिश्वास बढेर आउँछ ।

अन्तमा २० औं मगर महिला दिवसको उपलक्ष्यमा देश बिदेशका सबै मगर महिलाहरुप्रती मेरो हार्दिक शुभकामना । यसै सन्दर्भमा तलको मेरो कबिता सम्पूर्ण मगर महिलामा अर्पण गर्नचाहन्छु ।

कबिता- म पूरुषै भएर पुनर्जन्म लिन चाहन्छु

महिला होईन
म पूरुषै भएर पुनर्जन्म लिन चाहन्छु
र आशा छ त्यतिबेला यो संसार
निक्कै परिवर्तन् भैसकेको हुनेछ
बिकाशको क्रममा
महिला पुरुष सरह बलिया र बहादुर् हुनेछन्
महिला पुरुष सरह अग्ला जन्मनेछन
महिला छोटा स्कर्ट र पारदर्शी चोली त्यागेर
शरीर ढाक्ने कमिज प्यान्ट पहिरिनेछन
सौन्दर्यका श्रिंगार छोडेर
प्राकृतिक अनुहारमा हिँडनेछन
सरकारमा उनिहरुकै आधिपत्य जम्नेछ
अनी महिलामैत्री कानुन् आउनेछन

त्यो परिवर्तनको दुत म पनि हुनेछु
र स्वह्रिदयले स्विकार्दै
म पनि त्यसलाई उपभोग गर्नेछू
उनी बच्चा जन्माउनेछिन
सुत्केरी सिध्याएर काममा फर्किने छिन
म भने कामबाट सुत्केरी बिदा लिएर घर बस्नेछू
बोतलको दुत फिटेर बालकलाई पिलाउनेछू
लिटो मुछेर उसलाइ खुलाउनेछु
उनी राती एक्लै बिस्तरामा सुत्नेछिन
म बालकसँग सुत्नेछू
म बिहान उठेर ब्रेकफास्ट बनाउनेछू
अनी उनलाई काममा पठाउनेछु
उनी मिटिङमा जाने छिन
समाजसेवा र राजनीति गर्नेछिन
कार्यालयको हाकिम भएर मस्तै धन् भित्र्याउने छिन

हामि पार्टी खान जाँदा म गड्डी धकेल्नेछू
मलाइ मेम-साहेब होइन
साहेब-मेम भनि सम्बोधन गरिनेछ
उनी एकदिन राज्यको रास्ट्रपती हुनेछिन
म उनीसंगै बिदेश भ्रमण जानेछु
अनी मलाइ सबैले
नेपालको प्रथम-पुरुष भनेर्
सम्बोधन गरिने छ
म महिला हक र अधिकारको लागि लडनेछु
म यस्तो संसारको परिकल्पनामाछू
म पुनर्जन्म मा पूरुषै बनेर जन्मनेछु

(बिशौं मगर महिला संगठन स्थापना दिवस, लन्डन, १६ सेप्टेम्बर २०१७ मा मैले राखेको मन्तब्यमा आधारित लेख )

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)