रोजगारीको लागि युवा विदेश जानुपर्दैन कोइराला !

मगर मिडिया

पोखरा, ३ मंसिर
प्रदेश सभा १ बाम गठबन्धनका साझा उम्मेदवार दीपक कोइराला (रुपक) ले अब रोजगारीको लागि युवाहरु विदेश जानु नपर्ने दिन छिटै आउने बताउनु भएको छ । हिजो शनिबार पोखरा लेखनाथ महानगरपालिका वडा नं ३१ मा युवाहरु लाई सम्बोधन गर्दै कोइरालाले सो कुरा बताउनु भएको हो । कोइरालाले नेपालको विकास हुन नसक्नुको मुख्य कारण अस्थिर सरकार भएको बताउनु भयो ।

उहाँले नेपाल प्रधानमन्त्री र मन्त्री उत्पादन गर्ने अनि युवालाई विदेश पठाउने राज्य बन्न लागेकोमा बाम गठबन्धन पछि अब नेपालले स्थायी सरकार पाउने र विकासले गति लिए संगै युवाहरुले स्वदेशमै रोजगार पाउने बताउनुभयो । उहाँले नेपाली युवाहरु अहिले विदेश जानुरहर नभएर बाध्यता भएको बताउदै अब युवालाई स्वदेशमै रोजगार दिने यदि रोजगार दिन नसके बेरोजगार भत्ता दिने बताउनु भयो । नेपाली युवाहरु शैक्षिक बेरोजगार बढ्दै गएकोले पनि अब प्राविधिक शिक्षामा सरकारले जोड दिने बताउनु भयो । कोइरालाले बाम गठबन्धनका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य दुवै जनालाई विजयी गराउन युवाहरु संग आग्रह गर्नुभयो । कोइरालले आज वडा न ३२ को चैनपुर, सात मुहाने लगायतका स्थानमा घरदैलो र कोण सभा गर्नु भएको थियो । घरदैलोमा समानुपातिक उम्मेदवार गायत्री गुरुड, नेकपा एमालेका नेता टिकाराम पंडगेनी, माओबादी केन्द्रका केन्दीय सल्लाहकार कोमलनाथ बराल, पुर्व साभासद तेजकुमारी पौडेल लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)