वाम गठबन्धनलाई जिताउन पोखरामा वामपन्थी मञ्च गठन !

रूद्र श्रीसमगर
२२ कार्तिक पोखरा
बागलुङमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चासहितको वाम गठबन्धनलाई जिताउन पोखरामा बसोबास गर्ने बागलुङे वामपन्थीहरूले मञ्च गठन गरेका छन् ।
शनिबार भएको बागलुङे वामपन्थीहरूको भेलाले कुलचन्द्र शर्माको संयोजकत्वमा ३ सय ५१ सदस्यीय बागलुङ–पोखरा वामपन्थी मञ्च गठन गरेको हो । जसमा २७ सदस्यीय मञ्चको सचिवालय समेत बनाइएको छ ।
मञ्चका सचिवालय सदस्यहरूमा मेखबहादुर विक ‘पहाड’, आकाश गौतम, विक्रम थापामगर, फरेन्द्र थापामगर, रूद्रबहादुर श्रीस, महेन्द्र केसी, लक्ष्मी आचार्य, जावन श्रीस, जयराम आचार्य, मोहित छन्त्याल, दीपक गुरुङ, राजेन्द्र शर्मा, मीनबहादुर खत्री, रविन विक, ढाकाराम पौडेल, पूर्ण परियार, डिल्ली शर्मा, मीना थापा, करुणाकुमार श्रेष्ठ, देवीलाल कँडेल, मनबहादुर थापा, पूर्णा श्रीस, तिलक थापा, दानबहादुर सारू, रेमु थापा, जमुना खत्री लगायत रहनुभएको छ ।
भेलामा जिल्ला समन्वय समिति, बागलुङका प्रमुख राजेन्द्र ढुड्डाना र उपप्रमुख विष्णुप्रसाद भुसालले संविधान कार्यान्वयनका लागि निर्वाचन अपरिहार्य रहेकाले निर्वाचनलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको थियो । भेलाले यही २५ गते बागलुङ जिल्लाका वाम उम्मेदवारहरूलाई पोखरामा बृहत कार्यक्रम गरी स्वागत गर्ने निर्णय समेत गरेको छ ।
बागलुङ जिल्लामा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं. १ मा एमालेका डा. सूर्य पाठक, प्रदेश सभा (क) मा एमालेका इन्द्रलाल सापकोटा र (ख)मा राजमोका कृष्ण थापा, प्रतिनिधिसभा क्षेत्र नं. २ मा माओवादी केन्द्रका देवेन्द्र पौडेल ‘सुनिल’, प्रदेशसभा (क) मा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’, (ख) मा राजमोका टेकबहादुर घर्ती उम्मेदवार हुनुहुन्छ । भेलाले वाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन प्रचारप्रसारसँगै आर्थिक, भौतिक र नैतिक सहयोग गर्न सम्पूर्ण बागलुङेहरूलाई अपिल समेत गरेको छ ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)