पत्रकारका न्यूनतम परिश्रम लागू हुन्छः संचारमन्त्री राई !

मगर मिडिया डट कम
काठमाडौं, ५ जेठ

सूचना तथा सञ्चारमन्त्री शेरधन राईले श्रमजीवि पत्रकारका न्यूनतम परिश्रम लागू गराएरै छाड्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेलालाई राजधानीमा सम्बोधन गर्दै उनले न्यूनतम परिश्रम लागू गर्न सकिने आधार तय भइसकेको बताए । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्यूनतम परिश्रम १९ हजार ५ सय हुनुपर्ने प्रस्ताव गरेकोमा मन्त्री परिषद् बैठकले लागू गर्ने निर्णय गरेको थियो । ‘पहिलेको १०÷१५ हजार लागू भएन भनेर चिन्ता लिनु पर्दैन’ उनले भने । उनले पत्रकारको दुर्घटना बिमा पनि लागू हुने बताए ।

आम सञ्चार नीति छिट्टै बन्ने उनको भनाई छ । ‘नीति बनाउन उच्चस्तरीय समिति बनेर मस्यौदालाई अन्तिम रुप दिने तयारी भइरहेको छ’ उनले भने, ‘केही दिनमा अन्तिम छलफल हुन्छ र मन्त्रीपरिषद्ले पास गरेर कार्यान्वयनमा ल्याइने छ ।’ उनले जेठ १५ गते सार्वजनिक हुने सरकारको नीति तथा कार्यक्रममा पत्रकारका हकहित, अधिकारसम्बन्धी महत्वपूर्ण कार्यक्रम समेटिने दावी गरे । उनले आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) लाई संस्थागत रुपमा बार्षिक बजेट विनियोजन गर्ने नीति मन्त्रालयले ल्याएको जानकारी दिए ।

एक अर्को प्रशंगमा उनले आन्दोलन गरेर समस्याको समाधान नहुने बताए । ‘सवै समस्याको समाधान छलफल र वार्ताबाटमात्रै सम्भव छ । सरकार समस्याको समाधान गर्न तयार छ ।’ उनले भने । अहिले राजधानी केन्द्रित आन्दोलनमा संलग्न मधेशी तथा आदिवासीलाई बार्तामा आउन उनले आह्वान गरे । ‘संविधान पूर्ण छैन । पहिलो संशोधन भइसकेको छ । आवश्यकमात्रामा संशोधन हु“दै जाने छ’ उनले भने, ‘जातीय संस्थाको हकअधिकारलाई सम्बोधन गर्न संवैधानिक आयोग गठन भएका छन् । विस्तारै सम्बोधन हु“दै जाने छ ।’ उनले प्राप्त उपलब्धीलाई संस्थागत गर्दै लाने र थप गरिएका उपलब्धीलाई कार्यान्वयन गर्दै लानुपर्नेमा जोड दिए । सरकारको पहिलो प्राथामिकता संविधान कार्यान्वयन र दोस्रो प्राथामिकता पुनःनिर्माण रहेको उनले बताए ।

प्रेस काउन्सिलका बोर्णबहादुर कार्कीले आचारसंहिताविपरित क्रियाकलाप तथा कार्य गर्ने पत्रकार र सञ्चार माध्ययमलाई कारबाही गरिने र गर्दै आएको बताए । ‘सम्झाउनु पर्नेलाई सम्झाउने, बुझाउनुपर्नेलाई बुझाउने र अन्तिममा मात्रै कारबाही गर्ने गरेका छौ“’ उनले भने, ‘कारबाही पत्रकारलाई निरुत्साहित गर्न नभई प्रोत्साहनका लागि गरिएको हो । ब्यवस्थित बनाउन गरिएको हो ।’ उनले सञ्चार माध्ययम धेरै भएकाले नेपालको पत्रकारीता अब्यस्थित हु“दै गएको बताए । ‘ब्यवसायिक बन्न मिसन छोडेर ब्यवसायिक पत्रकारीता गर्नुपर्छ’ उनले भने ।

कार्यक्रममा पत्रकार महासंघका महासचिव उजिर मगर, आदिवासी जनजाति महासंघका महासचिव पेम्बा भोटे, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसी, प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्य, संघीय प्रेस फोरमका अध्यक्ष गोविन्द छन्त्याल, संचारिका समूहकी महासचिव यशोधा अधिकारी, मधेशी पत्रकार समाजका अध्यक्ष मोहनकुमार सिंह, मधेशी पत्रकार संघका अध्यक्ष पंकज दास, जागरण मिडियाका अध्यक्ष रेम विश्वकर्मा लगायतले पत्रकारको हकहितका लागि राज्यले जवाफदेहिताको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए । फोनिजका अध्यक्ष डण्ड गुरुङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष भैरब आङ्लाले स्वागत र महासचिव गजुरधन राईले संचालन गरेका थिए ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २०७३ जेठ ४ गते नेवाः राज्य काठमाडौंमा “हाम्रो अभियानः पूर्ण प्रेस स्वतन्त्रता र समाबेसी आमसञ्चार” मूल नाराका साथ सम्पन्न ऐतिहासिक प्रथम राष्ट्रिय भेला १० बुदे समावेशी मिडिया घोषणापत्र–२०७३ जारी गर्दछ ।

१. संविधान सभाबाट नयाँ संविधान जारी भए पनि आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलितलगायत अल्पसंख्यक समुदायको हक अधिकार सुनिश्चितता नभएको भन्दै असन्तुष्टी पैदा भई आन्दोलनरत पक्षको मागलाई गम्भिरतापूर्वक लिएर राज्यले तत्काल सम्बोधन गर्न यो भेला जोड्दार माग गर्दछ ।

२. नेपाल पत्रकार महासंघको २०७३ वैशाख २१ गते चितवनमा सम्पन्न साधरणसभाको म्याण्डेटअनुसार विधानमा आदिवासी जनजाति, मधेसी, मुस्लिम, महिला, दलित, उत्पीडित क्षेत्रलगायत अल्पसंख्यक समुदायको संचारकर्मीलाई समानुपातिक समाबेसी प्रतिनिधित्व सुनिश्चत हुनेगरी जारी गर्न भेला माग गर्दछ ।

३. सरकारद्वारा पारित श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक १९,५०० रुपियाँ तत्काल प्रदान गर्न यो भेला जोड्दार माग गर्दछ ।

४. राज्यद्वारा उपेक्षित र औपचारिकतामा मात्र सिमित पारिएका आदिवासी जनजाति मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी संचार विकास प्रतिष्ठान गठन गर्न भेला सरकारसित माग गर्दछ ।

५. सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्न माग गर्दै सञ्चारमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको व्यवस्था गरी पूर्ण समावेशी संचार नीति लागु गर्न यो भेला माग गर्दछ ।

६. आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न सरकारस“ग यो भेला माग गर्दछ ।

७. पुस्तक लेखेकै आधारमा झुटो मुद्दा लगाएर किरात राई पत्रकार संघका पूर्व महासचिव तथा पत्रकार भद्रगोल किराती (मनोजकुमार राई) लाई प्रहरीले थुनामा राखेको घटनाको भ्रत्र्सना गर्दै तुरुन्त रिहाई गर्न यो भेला जोडदार माग गर्दछ ।

८. नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको विविभन्न प्रमाणका आधारमा यो भेला ठोकुवा गर्दछ । साथै संस्थापक महासंघका अध्यक्ष को भन्ने उत्पननका सन्दर्भमा सत्य तथ्य अध्ययन अनुसन्धान गरी यस सम्बन्धि उठेको विवाद हल गर्न यो भेला पत्रकार महासंघ लगायत सबै पक्षसँग माग गर्दछ ।

९. आदिवासी जनजाति, मधेसी, मुस्लिम समुदायको पहिचान खुल्ने गरी सिमांकन र नामांकन सहित प्रादेशिक संरचनालाई पुर्णता दिई नेपालको संविधान २०७२ लाई संसोधन गरीयोस भन्ने यो भेला माग गर्दछ ।

१०. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को संघीय, प्रादेशिक र जिल्ला शाखालयात सम्पूर्ण निकायको निर्वाचन १८ महिनाभित्रमा सम्पन्न गरिसक्ने यो भेला प्रतिबद्धता जाहेर गर्दछ ।

घोषणा समिति
संयोजक: भैरव आङ्ला
सदस्य: शाहीमान राई
सदस्य: जीवन लामा
सदस्य: दिपा आलेमगर
सदस्य: यमन दनुवार
सदस्य: ईन्द्रजित मुखिया

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)