शंकर खपाङ्गी मगरको स्मृतिमा मगर युवा पत्रकार पुरस्कारको स्थापना !

मगर मिडिया 

 ८  कार्तिक 

काठमाण्डौ।  

शंकर खपाङ्गीमगरको स्मृतिमा मगर युवा पत्रकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले   पुरस्कारको स्थापना भएको छ। सो पुरस्कार स्वर्गीय खपाङ्गीको परिवारले स्थापना गरिदिएका हुन् ।

स्वर्गीय पत्रकार शंकर खपाङ्गी स्मृति मगर युवा पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघले हरेक वर्ष वितरण गर्ने जनाइएको छ ।  हरेक बर्ष बितरण गरिने पुरस्कारको राशी २५ हजार नगद रहेको संघका महासचिब देब पचभैयाले जानकारी दिनुभयो ।

पुरस्कार स्थापना सम्बन्धी संझौता पत्रमा मगर पत्रकार संघको तर्फबाट अध्यक्ष मनोज घर्तीमगर र पुरस्कार संस्थापकको तर्फ बाट स्वर्गीय शंकर खपाङ्गीका भाई मगर पत्रकार संघका संस्थापक अध्यक्ष, पत्रकार महासंघ यूकेका अध्यक्ष  नरेश खपाङ्गीमगरले मंगलबार हस्ताक्षर गर्नुभएको छ ।

उक्त पुरस्कार प्रत्येक  वर्ष कुनै विशेष दिनमा मगर पत्रकार संघले  वितरण गर्ने महासचिब पचभैया द्धारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)