पाचौ संस्करणको नदिपुर कप पुसको अन्तिम साता !

गिता राना मगर,
८ कार्तिक
पोखरा ।

नदिपुर फुटवल क्लवको आयोजनामा पाँचौ संस्करणको नदिपुर कप सेभेन ए साईड फुटवल प्रतियोगिताको आयोजना हुने भएको छ । नदिपुर क्लवले बर्षेनी आयोजना गर्दै आएको नदिपुर कप यस वर्ष देखि क्लवका सदस्य स्वर्गीय ईन्द्र पुन मगर र ललित पुन मगरको स्मृतिमा प्रतियोगिता हुन लागेको हो ।


आगामी पुषको २४ देखि २९ गते सम्म नदिपुर स्थित नगर प्रशिक्षण खेलमैदानमा पाँचौ सस्करणको नदिपुर कपको आयोजना हुने नदिपुर फुटवल क्लवका अध्यक्ष शिव पौडेलले जानकारी दिए । प्रतियोगितामा बिजेताले १ लाख १ सय ११ र उपबिजेताले ५० हजार ५ सय ५५ नगद, मेडल र ट्रफी प्राप्त गर्नेछन ।
त्यसैगरी प्रतियोगितामा वेष्ट प्लेयर, हाई स्कोरर, वेष्ट डिफेन्स, वेष्ट किपरले मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिता संयोजक निशान शेरचनले जानकारी दिए । प्रतियोगिताको मुख्य प्रायोजक नदिपुर जापान, उप प्रायोजक नदिपुर साउदी रहेको क्लवका कोषाध्यक्ष अमन पुनले वताएका छन् ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)