मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्न आव्हान: बिष्णु पुन, अध्यक्ष मगर संघ इजरायल !

मगर मिडिया 

८ कार्तिक 

तेल अभिव/इजरायल

मगरात प्राप्तिको आन्दोलनका लागि सहयोग गर्नका लागि मगर  संघ इजरायलका अध्यक्ष बिष्णु पुन मगरले आव्हान गर्नु भएको छ ।

प्राचिन काल देखिनै नेपालको पुर्वमेची देखी पश्चिम महाकाली सम्म नेपालको विभिन्न भागमा मगरहरु छरिएर बसोबास गर्दै आइरहेका छ्न । जनस्ंख्याको दृष्टिकोणले २०६८ को जनगणनालाई पल्टाएर हेर्दा पनि मगरहरुको जनस्ंख्या १८,८७,७३३ भएतापनि  देशको राजनैतिक, आर्थिक र सामाजिक क्षेत्रमा पिछडिएकोले मगरहरुको सहभागीता राज्यसत्तामा न्यून रहेको छ ।

यसैकारणले गर्दा नेपाल अधिराज्यभरी बसोवास गर्ने मगरहरुलाई भाषिक, लैंगिक र धार्मिक रुपमा एकीकृत गर्नको निमित्त मगरात प्रदेशको स्थापना अति आवश्यक रहेको छ । नेपालमा जब सम्म मगरात प्रदेशकोे स्थापना हुन सक्दैन तबसम्म राज्यसत्तामा पुग्न असम्भव भएकोले मगरहरु सबै कुराबाट बञ्चित नै रहन्छन तसर्थ मगरहरुको हक, अधिकार सुनिश्चित गर्न तथा मगरहरुको आफ्नो मौलिक ,धार्मिक, सांस्कृतिक, भाषिक रितिरिवाज र लिपि इत्यादिलाई जर्गेना गर्नको लागी मगरहरुको सिङ्गो मगरात प्रदेशको अति आवश्यक भएको हुँदा मगरात आन्दोलन गर्न जरुरी छ ।

तसर्थ, मगरात प्रदेश प्राप्तिको लागी नेपाल मगर संघ, केन्द्रिय समितीको छैठौं बैठकले निर्णय गरे बमोजिम केन्द्रिय अध्यक्ष नवीन रोका मगर इजरायल भ्रमण गएको बेला सयुक्त रूपमा प्रेस बिज्ञप्ती पेस गरि नेपाल तथा विश्वभरमा संगठित, मगर संघ, संस्थाहरुमा परिपत्र जारि गरी आव्हान गरेको मगरात आन्दोलन अन्तरगत “एक घर एक मगर, एक मगर एक रुपैँया” भन्ने अभियानलाई सफल पारौ भन्ने आग्रहका साथ नेपाल मगर संघ शाखा इजरायलकी अध्यक्ष एबम मगर्स क्रियशन इन्भेस्टमेन्ट कम्पनी लिमिटेडकी संस्थापक तथा बिश्व संयोजक बिष्णु पुन मगरज्युले रु. १०,१०० (अक्षररुपि दश हजार एक रुपैया) दिने प्रतिबद्दता गर्दै, स्वदेश तथा बिदेशमा रहनु भएका सम्पुर्ण मगर दाजुभाइ तथा दिदिबहिनीहरुलाई पनि आ-आफ्नो तर्फबाट सक्दो सहयोग गरिदिनुहुनको लागि आव्हान गर्नु भएको हो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)