कास्कीको तोल्कामा आज देखी मेला हुने !

सुशान्त गाहा मगर
पोखरा, २९ असोज

कास्कीको तोल्कामा आज देखी बिभिन्न खेलकुद कार्यक्रम सहित मेला सुरु हुने भएको छ । देउराली युवा क्लबको आयोजनामा शुभ दिपावलीको पावन अबसर पारेर १४ औं संस्करणको मेला हुन लागेको हो ।

“जब युवा अघि बढ्छ, तब देशको बिकास हुन्छ” भन्ने नाराका साथ अन्नपूर्ण गाँउपालिका वडा नं ७ मा सक्रिय रहदै आएको क्लबले आयोजना गर्ने मेला आज देखी कार्तिक २ गते सम्म चल्नेछ ।

मेलामा गाँउ स्तरिय तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगीता, छेलो हान्ने, रसि तान्ने, घँैटो फुटाउने, मेच घुमाई तथा मकै गन्ने प्रतियोगीता समाबेश गरीएको बताउँदै पुरुष भलिबल तर्पm बिजेता टिमले शिल्ड, मेडल, तथा प्रमाण पत्र सहित नगद रु ४०,००० प्राप्त गर्ने क्लबका अध्यक्ष बिकास गुरुङले बताए । त्यस्तै उपबिजेता र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमश शिल्ड, मेडल, तथा प्रमाण पत्र सहित नगद रु २५,००० र १५,००० हात पार्ने छ भने टिम दर्ता शुल्क रु ३५,०० राखिएको छ ।

त्यसै गरी भेटा«न्स पुरुष भलिबल र रसि तान्ने प्रतियोगितामा बिजेता हुने टिमलाई आकर्षक पुरस्कारको ब्यवस्था गरीएको बताउँदै भेट्रान्स पुरुष भलिबल तर्पm दर्ता शुल्क रु २,००० र रसि तान्ने तर्पm रु. १,००० राखिएको योजना मेलाका संयोजक भरत गुरुङले बताएका छन् ।

श्री हिमालय मा.वि को प्राङगणमा हुने मेलाको उद्घघाटन अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँबरले गर्ने बताउदै मेलाको समापनमा प्रमुख अतिथिको रुपमा अन्नपूर्ण गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष घनश्याम चापागाई रहने समेत गुरुङले जनाए ।
गुरुङका अनुसार मेलालाई सफल बनाउनका लागी यातायातको सुबिधा मन बहादुर बिकले दिनेछन् भने अतिथिहरुको लागि खानाको ब्यवस्था होटल तोल्काले गर्नेछ । त्यसैगरी मेलामा नगद रु ४०,००० प्रदान गरेर जुम बहादुर आले मगरले मुख्य प्रायोजन गरेका छन ।
त्यसै गरी वडा कार्यालय अन्नपूर्ण गाउँपालिका–७ ले रु. ३०,०००, देउराली आमा समुह तोल्काले रु. २५,०००, बिर बहादुर गुरुङ ले रु १५,०००, राज कुमार गुरुङले रु. १०,०००, अमृत गुरुङले रु. ५,०००, बिश्वमान गुरुङले ५,०००, यम बहादुर गुरुङले रु. ५,००० र डिल बहादुर गुरुङले रु ३,३३३ रुपैँया मेलालाई आर्थिक सहयोग गरेका छन् ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)