पत्रकार कल्याणकारी कोष स्थापनार्था च्यारिटी शो सम्पन्न !

उमा आलेमगर
पोखरा, २९ असोज

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी आयोजना गरेको च्यारिटीको शो हिजो प्रदर्शन भएको छ । पत्रकार कल्याणकारी कोषका लागि फोनिजले नेपाली कथानक चलचित्र ‘रानी’ को च्यारिटी शो आयोजना गरेको हो ।

च्यारिटी शोको आम्दानीबाट बचत भएको रकमले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी संकलन गरिने फोनिज कास्कीका अध्यक्ष एम.बी आस्थाले वताए । आस्थाका अनुसार च्यारिटी शो संगै कोष स्थापनाका लागी अन्य कार्यक्रमहरुको समेत आयोजना गरिने छ । पत्रकार कल्याणकारी कोषका लागि यो शो भन्दा अगाडि अहिले सम्म करिब ५१ हजार संकलन भएको कोषाध्यक्ष उमा आलेले जानकारी दिईन् ।

यसैवीच सोही अवसरमा रिर्पोटिङ्गको शिलशिलामा पाल्पा जाँदै गर्दा दुर्घटनामा परेको पत्रकार तथा फोनिज कास्कीका कार्यसमिति सदस्य गीता राना र उपचाररत नेपाल पत्रकार महासंघ कास्कीका कार्यसमिति सदस्य प्रकाश ढकाललाई रु. ५ हजार नगद हस्तान्तरण गरिएको फोनिज कास्कीका अध्यक्ष आस्थाले जानकारी दिए ।

फोनिजले पत्रकार कल्याणकारी कोष स्थापनाका लागी च्यारिटी शो संगै विभिन्न कार्यक्रमहरु आयोजना गरी कोष स्थापनालाई अगाडी वढाउने जनाएको छ । च्यारिटी शोको टिकटको प्रायोजन रोजी प्रिन्टिङ्ग हाउस नयाँबजारले गरेको थियो ।

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)