पाल्पाली समाजले कतारबाट गृहजिल्लावासी मगरको उद्धार गरे !

कृष्ण सारू मगर
१० अक्टोबर
दोहा, कतार
विगत चार महिना देखि कतारमा अलपत्र परेका स्थाई घर साविक चिर्तुङ्गधारा ८ हाल बगनासकाली गाउँ पालिका १ चिलाङ्गदी बस्ने स्व. पिता नर बहादुर गाहा मगर तथा माता नन्द गाहा मगरका छोरा प्रेम बहादुर गाहा मगरलाई पाल्पाली सेवा समाज कतारले उद्धार गरि नेपाल पठाएको छ ।
भिसाको समयावधि समेत सकिएका मगरलाई पाल्पाली समाजले विविध समस्याको बावजुद स्थानिय कानुन अनुसारको ओभर स्टेको दस्तुर समेत भरेर ९ अक्टोबर राति १०ः४० बजेको उडान नं. ९डब्लु ५५१ को जेट एयरलाइन्सको उडानबाट नेपाल फिर्ता पठाएको थियो ।
पिडित प्रेमका अनुसार मेनपावरले तलब सेवा सुविधा राम्रो रहेको प्रलोभनमा पारी आफुलाई १ लाख भन्दा बढी रकम असुल गरेको बताएका छन् । ११ सय र ३ सय खानाको गरी १४ सय क.रि मा श्रम सम्झौता गरेता पनि उक्त बमोजिमको तलव सेवा–सुविधा नपाएको बताएका उनले आफुलाई पठाउने मेनपावरका मान्छेलाई उद्धार तथा यहाँको वस्तु स्थिती बारे जानकारी गराउन बारम्बार सम्पर्क गर्दा बेवास्ता गरी कहिल्यै फोन नउठाएको भनि गुनासो गरेका छन् । उनले थप्दै भने पाल्पाली सेवा समाज कतारले आफुलाई टिकट सहित उद्धार कार्यमा विषेश सहयोग गर्ने बसन्त फिल्मस प्रालिका प्रबन्ध निर्देशक समेत रहेका समाजका अध्यक्ष ईश्वर काफ्ले, उपाध्यक्ष हेम बहादुर बगाले मगर, सचीव रामलाल खाती, सदस्य धिरज पछाई लगायत सम्पूर्ण पाल्पाली सेवा समाज प्रति हार्दिक कृतज्ञता सहित यो गुन कहिल्यै नविर्सने बताएका छन् ।
मगरलाई ललितपुर स्थित अलिमाह डाइग्नोष्टिक सेन्टर प्रा.लि. मेडिकलले स्वास्थ्य परिक्षण गरि जाउलाखेल नजिकै रहेको भाइटल इन्टरनेशनल सर्भिस प्रा.लि. म्यानपावरले गएको १४ मे २०१७ का दिन उमसलाल अलि स्थित अल महमद हुसेन अलमुफ्ता मेन्टिनेस डिभिजन कम्पनीमा ईलेक्ट्रिसियन पेशामा कतार पठाएका थिए ।
अन्तत ः आफ्नो जीविकोपार्जन संगै सुनौलो भविष्यको परिकल्पना बोकेर गएकोमा १४ मे २०१७ मा कतार प्रवेश गरेका मगरको स्वास्थ्य परिक्षणमा फेल भई भिसा नलागेको आरोप लागेका उनलाई कम्पनीले विगत ४ महिना देखि प्राविधिक समस्याको कारण दोषी देखाउँदै बेरोजगार भएका हुन् ।

 

 

 

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)