इतिहास जित्नेहरुकोलागि मात्र होइन इमान्दारीताका साथ कर्म गर्नेहरुकोलागि पनि हो !

दीपा आले
आश्विन ९, काठमाडौँ

भाग्य र समय यति बलवाल हुन्छ जहांं केवल भगवानको क्रिपा र समयले साथ दिन्छ । भगवानको क्रिपा र आसिरबात विना मानिसले यो संसारको कल्पना गर्न गाह्रो छ । किन कि प्रत्येक जिवित प्राणीमा भगवानको आत्मा रुपी शक्ति हुन्छ । जुन शक्तिको कारण भौतिक वस्तुहरुको विकास भइरहेको छ । यो विश्वब्यापी मान्यता हो । किन कि हरेक आत्मारुपी मानवप्राणीले महसुस गरेका छन् र व्यवहारमा समेत उतारेका छन् । कर्म गरेका छन् । त्यसैले त भनिन्छ मानिसले जति नै प्रयास गरेतापनि भाग्य र समय भन्दा अगाडि उसले केही पनि पाउंदैन । किन कि हरेक सफलता पाउनकोलागि भाग्य र समय कुर्नु पर्ने हुन्छ । किन कि कर्म त सबैले गरेका हुन्छन् । जुन दिन समय आउंछ त्यो दिन कसैले रोकेर रोकिदैन । जसरी सुर्यको प्रकाशलाई रोक्न सकिदैन । जसका कारण समय र भाग्यले मानिसको जीवनमा खुशी र सफलता बोकेर आएको हुन्छ । मात्र लक्ष्यमा पुग्ने बाटाहरु भिन्न भएका हुन् ।

भनिन्छ भगवान एउटै हुन् तर भगवानलाई सम्झीने बाटाहरु फरक फरक छन् । जुन बाटाहरुको लक्ष्य निर्धारण भगवान स्यमले गर्नु हुन्छ । किन कि भगवानको इन्छा भनेको आध्यात्मिकस्तरसंगै भौतिक संसारको विकास होस् । हो आज नेपाल आइडलको चौथो स्थानमा पुगेर सबैको मन जित्न सफल सागर आलेमगर विश्वभर चम्कीरहेका छन् । किन कि उनी भित्र भगवानले दिएको कला र गलामा जादुमय चमत्कार छ । जसले सबैको मनमस्ष्तिकलाई आनन्द मात्र होइन खुशीले आंखाबाट आंशु रसाउने बनाईदिन्छ । एपिवानको फिनालेबाट हार्दै गर्दा समेत उनले हांसी हांसी बाहिरिएका थिए । उनी संगैका प्रतिश्प्रर्धीहरु चौथो बाट तेस्रो स्थानमा पुग्न सफल भएतापनि आज विश्व भर स्वरसंगीतका धनि सागर आले आम नेपालीको हृदयमा बस्न पुगेका छन् । किन कि उनी स्वरका धनि मात्र भएर होइनन् उनी एउटा असल, इमान्दार, धैर्यवान, संघर्षशील र अरुको खुशी हेर्न चाहने महासागर जस्तो ठूलो हृदय भएका महामानव हुन् । यस्तो उच्च सोंच र विशाल भण्डाररुपी विवेक जो कोहीमा हुंदैन ।

आफ्नो बारेमा भन्दा अरुको बारेमा बढी चिन्ता लिने र खुशी भएको देख्न चाहाने सागर आले आफू आइडलबाट बाहिरिदै गर्दा समेत हासी हासी आफ्नो पीडा बिर्सिए । उनका नयनमा आंशु रसाएपनि आफ्ना साथीहरुको सफलताको खुशीमा उनी कति पनि बिचल्लीत नभई मञ्चबाट नै शुभकामना दिए । बरु आंशु खसालेनन् मन्द मुस्कानका साथ निर्दोष मुहारमा उनी हांसी हांसी आम दर्शकलाई धन्यवाद दिएका थिए । जसले गर्दा आयोजकहरुले समेत मन समाल्न सकेका थिएनन् । उनी संगै आइडलमा आएर संगै बसेका साथीहरु भावविह्ल भएर रोएका थिए । बुद्ध, प्रताप र निसानको त कुरै छाडौं । कुनै पनि दर्शकहरुको आंखा ओभानो थिएन । त्यति मात्र होइन कोही टिभी फुटाल्ने देखि लिएर मोबाइल पनि फुटाएका दृश्यहरु फेसबुकमा सार्वजनिक गरेका थिए । कोही छाती पिटी पिटी रोए । सागरका फ्यानहरु यति सम्म विचल्लीत भए किन कि उनलाई नेपाल आइडल भएको हेर्न चाहाने शुभचिन्तक फ्यानहरु धेरै थिए ।

जब उनी बाहिदै गर्दा आम देश विदेशमा रहेका दर्शकहरुले उनलाई एपी वान च्यालनको प्रत्यक्ष लाइभमा हेरिरहेका थिए उनले बोलेका कोमलरुपी मातृशैली भावसंगै दर्शकहरु पनि रोइरहेका थिए । जसमा यो लेखिका पनि अछुतो रहन सकेन । उनले जति जति आफ्ना सुन्दर आत्मारुपी भावहरु प्रस्फुटन गर्दै गए उत्ति उत्ति दर्शकहरुको नयनबाट आंशुहरु भर भर खसिरहेको थियो । कतिले सहन नसकेर फेसबुकमै आफ्ना अभिव्यक्तिहरु दिए, सहानुभूतिका शुभकामना र प्रेरणाहरु दिए कतिले आयोजकलाई अपशब्दहरु बोले । कुरो थियो त केवल भोटको कमि । सागर आले हार्नुको एउटै कारण थियो भोटको कमि । उनले आफूलाई भोट गर्ने र माया गर्नेहरुलाई मञ्चबाटै सबैलाई धन्यवाद दिदै आफ्ना भावहरु राख्दै गर्दा उनले एउटा यस्तो हृदय छुने शब्द बोले जुन शब्दले यो ‘राइटर’को मन छुन पुग्यो । मेरो बाबा आमाले मेरो लागि धेरै दुःख गर्नु भएको छ । बाबाले मेरो छोरालाई भोट दिनु होला म सागरको बाबा हो भन्दा खेरी यो ‘राइटर’ लाई पनि भित्रैबाट पीडा बोध भएको थियो । जब यो ‘राइटर’ स्थानीय चुनावमा उपप्रमुखको टिकट पाएर चुनावमा भिड्दै थियो तब उनको बाबाले पनि गाउंघरका साथीभाईहरु, इस्टमित्र, आफन्तहरुलाई हात जोडेर भोट माग्नु भएको थियो मेरो छोरीलाइै भोट दिनु होला भनेर । त्यति मात्र होइन विगतमा भोट हाल्नु भएका नेताहरुलाई समेत भन्नु भएको थियो रे मैले जीवन भर तपाईहरुलाई भोट दिए एक पटक मेरो छोरीलाई भोट हालेर जिताइदिनु होला । काम गर्ने अवसर दिनु होला ….। तर भोटको नजिता त्यति सोचेजस्तो आएन । कुरा बुझ्दै गर्दा चुनावमा पैसा, रक्सी र मासुको खेल हुंदो रहेछ । जो संग यी चिजहरु दिन सक्ने हैसियत हुन्छ यस्ता चीजहरु संग खेल्ने ‘पावर’ हुन्छ । उसैको शक्ति र सत्तामा रजाई हुंदो रहेछ । चुनावको खेलले जीवनमा ठूलो सिकाई भएको महसुस भएको छ । किन कि हामी निम्न मध्यम वर्गको परिवारका संन्तान जो हौ । न हामी संग पावर छ न हामी संग सत्तासंग लिंक छ । छ त केवल निःस्वार्थ काम गर्ने सक्ने क्षमता, दक्षता, इमान्दारीता र संघर्ष गर्न सक्ने जीवन । र आफू भन्दा अरुको खुशी हेर्न चाहाने यो फराकिलो हृदय । जब सागरले आफ्नो अभिव्यक्ति राख्दै गर्दा उनले भनेका थिए सानो परिवार भएर होला……. उनको भावले झल्काउथ्यो निम्न, आर्थिक अभावका कारण ममा क्षमता हुंदा हुंदै पनि भोट किन्न सकेन । त्यसैले आज चारमै मन बुझाउनु परयो । सबै कुरा भन्नु पर्छ भन्ने छैन त्यो त आफैले बुझ्नु पर्ने कुरो हो । चाहे राजीतिकमा होस् चाहे खेलकुदमा होस् चाहे शिक्षामा होस चाहे कलानृत्य गायनमा होस् प्रतिश्प्रर्धामा भाग लिएपछि सबैले जित्ने अपेक्षा गरेका हुन्छन् । कोही पनि हार्न चाहदैनन् तर नचाहदा नचाहदै पनि कतिपय अवस्थामा मैदान छाडेर बाहिर निस्कुनु पर्ने अवस्था हुन्छ । आफूलाई माया गर्ने विश्वास र सफलताको शिखरमा पुगेको हेर्न चाहाने दर्शकहरु, जनताहरु र मित्रजनहरुको भावनालाई पुरा गर्न नसक्दा कता कता यो संघर्षशील जीवनमा भाग्य र समय नआएको हो कि भन्ने हुन्छ । तर समय र भाग्यले जति ठगेपनि जस्तो सुकै परिस्थिति आएपनि हासेर उम्मगीत भएर अगाडि बढ्नु नै सफल जीवन हो भनेर नजिक बाट बुझ्न पाइएको छ । तर जीवन भोगाईको क्रममा संघर्षशील यात्रा गर्दै गर्दा त्यति मात्र जीवन नरहेछ । मैदानबाट हारेर बाहिर निस्क्दिै गर्दा हामीलाई अर्को अवसरले बाटो कुरेर बसिरहेको हुंदो रहेछ । ति अवसर भन्दा विशाल अवसरहरुले तछाडमछाड गर्दै पर्खिरहेका हुंदा रहेछन् । मात्र त्यसमा पौडिन सक्नुपर्दो रहेछ ।

आज हाम्रो मांझ सागर आलेको जीवन कथालाई हेर्न सक्छौं आज उनलाई नेपाल आइडलले दिने भन्दा धेरै धनराशी मात्र होइन उनलाई हृदय देखि माया गर्ने मानिसहरु विश्वभरि छन् । उनको इमान्दारिता, क्षमता र संघर्षलाई सम्मान र इज्जत गर्ने मन भएका मानिसहरु तमाम छन् । उनलाई माया गरेर हृदयमा राख्ने दर्शकहरु लाखौं छन् । उनको भविष्यलाई सुन्दर बनाउने आम हातहरु आज दिन प्रतिदिन बढीरहेको छ । सागरलाई माया गर्नेहरु सामाजिक संजालमा आफ्ना भावनाहरु व्यक्त गरेका छन् । उनी आइडलबाट बाहिर निस्किसक्दा पनि उनकै चर्चा छ गाउंघर शहरबजार मात्र होइन मिडियामा पनि । नेपाल आइडल कतारमा गएर समापन भई सकेको छ । नेपाल आइडल बुद्ध लामा भईसकेका छन् तर पनि चौथो स्थानमा पुग्न सफल सागर आलेको चर्चापरिचर्चामा कमि आएको छैन । कतारमै उनको सांगीतक यात्रा अझ अघि बढ्दै जावन भनेर सागर आले फ्यान क्लबले लाखौं रुपिया हस्तान्तरण गरे । अन्य देशबाट उनलाई सहयोग आउने क्रम जारी छ । जब मानिसको दिल सफा हुन्छ । जब मानिसको क्षमता संघर्षशील हुन्छ । जब मानिसको आत्मा सुन्दर र पवित्र हुन्छ तब त्यस्ता व्यक्ति जीवनमा कहिल्यै एक्लै हुंदैनन् र जीवनमा कहिल्यै हार्दैनन् पनि । किन कि यो सबै खेल भनेको भगवानको हो । हुन त भगवान प्रति आस्था नराख्ने व्यक्तिलाई यस्तो कुरा गरेको यत्ति चित्त नबुझला तर भगवान प्रति आस्था राख्नेहरुलाई पक्कै मन पर्छ । किन कि हार र जीतको मैदान छाडेर बाहिर निस्कीदै गर्दा पनि आज सागर आलेमगर सबैको प्यारो बन्न सफल भएका छन् ।

संसारमा बांच्नु मात्र पर्छ सबै देखिन्छ भन्थे सांच्चै रहेछ । इतिहासले त भन्छ मैदान बाट हारेर बाहिर निस्किएको व्यक्तिको ईतिहास लेखिदैन भनेर । तर आज सागरको कला र गलाको असल जीवन कथाले संसारमा ईतिहास रच्दैछ । असल मानिस बन्नकोलागि कुनै जातले रोक्दैन न त धनसम्पत्तिले न त देशले नै । आज सागर आले जस्ता महान आत्मा भएका असल व्यक्तिहरु यो संसारमा जन्म लिन पुगेका छन् । हजारौं मानिसहरु आफ्नो जीवनमा दुःख र पीडा अनि आत्मागलानी गरेर जीवनयापन गरिरहेकाहरुलाई सागर एउटा उदाहरण बनेर चम्कीएका छन् । अझ निम्न परिवार जो एक छाक जोहो गर्न धौ धौ परेकाहरुलाई झनै सागर प्रेरणाको मार्ग बन्न पुगेका छन् । संसारमा धेरै जीत र हारको लडाई हेरेका छौं तर कोही जितेर पनि हारेका छन् भने कोही हारेर पनि यो संसारमा जितेका छन् । भगवानले दिएको कलामा न त जात हुन्छ नत धर्म । कला भगवानको शक्ति हो जो भगवानद्धारा प्रशारित हुन्छ यो कुरा सबैले बुझेको हुनुपर्छ । हाम्रो मुलुकमा अझ पनि जातीय, धार्मिक विषयलाई लिएर मानव मानव विचमा भेदभाव गरिएको छ । जातीय टयाग लगाउने काम गरिएको छ । जातीय नजरले हेर्ने गरिएको छ । यस्ता सबै खाले भम्रलाई चिर्दै हामी मानव भएको मानवतावाद सोंचको विकास हुनु पर्छ । आज विश्वमा त्यति कै किम जोंगको नाम आएको छैन । विश्वमा एकछत्र राज गर्न खोज्ने अमेरिका माथि त्यति कै किमले यति ठूलो कदम चालेका होइनन् यसको पनि अर्थ छ । त्यसैले हाम्रो जस्तो विकासोन्मुख राष्ट्रमा जातीबाद, क्रिपाबाद र विचारबादलाई भन्दा असल मानवतावादको भावलाई बुझेर अघि बढ्न जरुरी छ । किन कि हरेक मानिसको क्षमता, दक्षता र इमान्दारीतालाई सही ढंगले कदर गर्न सक्नु पर्छ अनि मात्र राष्ट्रको र जनताको भविष्य सुन्दर हुन्छ ।

जीवन भनेको संघर्षमय निरन्तर बगीरहने यात्रा हो । यो यात्राको क्रममा सागरलाई हामी मांझ पुराउन सफल एपि वान च्यालनलाई धन्यवाद दिनै पर्छ । एपि वान च्यालन प्रशासन नभएको भए सागरले आफ्नो प्रतिभा हामी मांझ देखाउन समय लाग्थ्यो होला र आज जुन विश्वभर उनको कला गला र इमान्दारिताको चर्चा छ त्यो रंगमञ्चमा उनलाई हेर्न पायौ । सागर संगैका साथीहरु निशान, प्रताप, बुद्ध, सुरज, सुजता, प्रमिला मनोज लगायतका सबैको आ आफ्नो ठाउंमा सुन्दर कला र गला थिए । कोही पनि कोही भन्दा कमि थिएन थियो त समय र भाग्य । किन कि सागरलाई एउटा आइडलको घेरा भित्र मात्र होइन विश्वभरको आइडल भएको हेर्न चाहान्छ त्यसैले समय र भाग्यले तिमीलाई अर्को बाटो देखायो । यो पनि समय र भाग्यको खेल हो । जब समयले स्थान दिन्छ जब भाग्यले साथ दिन्छ तब कसैले रोकेर रोकिदैन भन्ने कुरा आज सागरलाई आम जनमानसले महासागरको रुपमा हेरेको अवस्था छ । यो प्रेरणा र हौसला आउने नयां पिडिले पनि सिक्नेछन् । र अर्को कुरा निम्न र मध्यम वर्गको मानिसहरु कहिल्यै सफल हुन सक्दैनन् भन्ने कमजोर मानसिकता बोकेका मै हुं भन्नेहरुलाई नेपाल आईडलको प्रतियोगिताले सबक सिकाई दिएको छ । जसमा सागर, बुद्ध, निसान, प्रताप सबै निम्न मध्यम वर्गकै परिवारका सन्तान थिए जसले आज आफ्नो प्रतिभाका कारण इतिहास रचेका छन् ।

त्यसैले सागर तिमी कतिपनि विचलीत नहुनु । किन कि तिम्रो भविष्य सुन्दर छ । जो मानिसको अन्तर आत्मा देखि कला, विवेक र इमान्दारीता प्रस्फुटन हुन्छ त्यहां भगवानको बास हुन्छ । भगवान देखि सञ्चालीत तिम्रो कलाको आत्मालाई भगवानले पक्कै पनि न्याय गर्ने छन् । जीवनमा ठूला ठूला अवसरहरुले तिमीलाई फर्खिबसेको छ । अब जीवनमा भएका नराम्रा कुरालाई पाखा लगाएर सुन्दर भविष्यको बाटोमा लाग्नु । सबै भन्दा ठूलो कुरो जहा जे गरेपनि विवेकशील शिक्षा र इमान्दारीता र असल शिक्षा जीवनमा अध्ययन गर्न कहिल्यै नभुल्नु त्यही मार्गले तिमीलाई जीवनमा सगरमाथाको शिखरमा पुराउनेछ । त्यसैले तिम्रो सपना नेपाल आइडल बन्ने मात्र होइन अबका दिनमा विश्व आइडलमा फड्को मार्नु पर्छ । जसरी माइकल ज्याक्सनले आफ्नो प्रतिभाले विश्व तताएको थियो । त्यसैले तिमी सबैको साझा कलाकार हौं । किन कि तिम्रो कला र गलामा नेपालीको भाषा, धर्म, संस्कृति र आफ्नै मौलिकपन झल्कीन्छ । सबै प्रकारका गीत गाउन सक्ने कला र गला दिएर भगवानले तिमीलाई यस धर्तिमा पठाउनु भएको छ । यसलाई भरपूर्ण सदुपयोग गर्दै देश र जनताको शिर उच्च राख्नु । आइडलमा भाग लिदै गर्दा तिमी माथि लगाईएका विचारवाद जातीबादको चिरफार गर्दै माथि उठेर अघि बढ्नु पर्छ । भौतिक रुपमा तिमी निम्न भएको महसुस भएपनि आध्यामिक स्तरमा तिमी सधैं उच्च सोंच राखेर अघि बढ्नु । आम दर्शकले तिमी माथि भोलिका दिनमा देखेको सपना पुरा गर्नु छ । त्यो भन्दा ठूलो सपना तिम्रो बाबा र आमाले देख्नु भएको दिवाप्रकाशीय सपनाहरु पुरा गरेर देखाउनु । आउंदा दिनहरुमा तिम्रो अझ प्रगति भएको सुन्न र देख्न पाऊ हाम्रो तर्फबाट उज्ज्वल भविष्यको उत्तर उत्तर शुभकामना सागर भाई । साथै आउंदै गरेको महान चाड विजया दशमी र भाईटिकाको शुभ अवसरमा सागर भाई लगायत आम नेपाली आमा बुवा, दाजुभाई दिदीबहिनी मित्रजनजनहरुलाई धेरै धेरै शुभकामना ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)