मगर संघ इजरायलले गर्यो विभिन्न शिर्षकमा सहयोग !

भाद्र २७, काठमाडौ |

नेपाल मगर संघ इजरायलबाट विभिन्न शिर्षकमा आर्थिक सहयोग एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। नेपाल मगर संघ ईजरायलका संरक्षक तारा काउचामगर ज्यूलाई केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम संघको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुबाट आफ्नो परिश्रमको फलबाट केही रकम,नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगर ज्यु इजरायल भ्रमणमा रहनु भएको बेला नेपाल मगर संघ इजरायल शाखाका अध्यक्ष बिष्णु पुन मगर र केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको संयुक्त रुपमा बाढीपिडितलाई सहयोगको लागि आव्हान गर्दै बिज्ञप्ति निकाल्नु भएको थियो त्यहि अनुरुप इजरायल मगर संघका संरक्षक श्री तारा काउछा मगरको हातबाट निम्नानुसारको सहयोग गरिएको छ:

* बाढिपिडितको लागि रु.८० ,००० /- केन्द्र्का अध्यक्ष नवीन रोका मगर ज्युलाई
* किड्नी पीडित लक्षमी राना मगरको लागि सांस्कृतिक संघका अध्यक्ष तथा लाङघाली उपचार समितिका अध्यक्ष कविराज मगर र महिला संघका अध्यक्ष तथा लाङघाली उपचार समितिका उपाध्यक्ष बिनिता आले मगरलाई रु.४५ ,०००
* मगर भाषा तथा इतिहासबिद हिरासिंह थापा मगरको लागि काठमाडौ जिल्ला मगर संघका उपाध्यक्ष रघु थापा मगरलाई रु.२३ ,००० /-
* अर्को किड्नी पीडित कृष्ण कुमारि राना मगरलाई रु.४५ ,००० /-हस्तान्तरण गर्नु भएको छ ।
* त्यसैगरी # रु. ३५,०००/- Magarintrenational Forum (MIF) को लागि दस्तुर सहयोग ।

कार्यक्रममा नेपाल मगर संघ ईजरायलका संरक्षक तारा काउचामगर ज्यूलाई केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम संघको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा मगर महिला संघ अध्यक्ष बिनिता आले/महासचिव धनकुमारी राना, मगर विद्यार्थी संघ अध्यक्ष कमल थापामगर, मगर सास्कृतिक संघ अध्यक्ष कबिराज मगर, मगर संघ काठमाडौंको काबा अध्यक्ष रघु थापामगर/काठमाडौंको सल्लाहकार ज्ञानु थापामगर लगायतको मगर अभियानताहरुको सहभागिता रहेको थियो ।



admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)