मगर समाजको इतिहास र विविधताको बारेमा अध्ययन गरिने !

श्याम राना मगर
भदौ २३
काठमाण्डौ ।

मगर इतिहास संस्कृति लिपी धर्म र मगरात सम्वन्धी अध्ययन तथा अनुसन्धान कार्यदलको गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल मगर संघ केन्द्रिय समितिले हिजो युनियन हाउस अनामनगरमा आयोजना गरेको गोष्ठिमा मगर समाजको इतिहास र विविधताको अध्ययन आवश्यकता र विधि नामक सल्लाहकार झकेन्द्र घर्ती मगरले प्रस्तुत गर्नु भएको अवधारणापत्र माथि सहभागिहरुले आफ्नो धारणा, सुझाव तथा सल्लाह राखेका थिए ।

अवधारणा पत्रमा मगरहरुको इतिहास, संस्कृति, लिपी, धर्म र मगरात सम्वन्धी भएका अन्यौलतालाई चिर्नको लागि अध्ययनदल गठन गर्दै सर्वेक्षण गरि वास्तविक अवस्थालाई खोजेर १ बर्षमा प्रारम्भिक रिपोर्ट बुझाउने गरि प्रस्ताव ल्याइएको थियो ।

गोष्ठिमा वोल्दै नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नविन रोका मगरले अब छिट्टै प्रभावकारी अध्ययन समिति गठन गरिने र उक्त समितिले मगरका विभिन्न अन्यौलताहरु चिर्नको लागि प्रारम्भिक अध्ययनको सुरुवात गर्ने र आफ्नो कार्यकाल सकिए पनि पछिल्लो पुस्ताहरुलाई समेत मगर सम्वन्धि अध्ययन अनुसन्धान गर्न सहज हुनेगरि बलियो संयन्त्रको निर्माण गरिनुपर्ने धारणा राख्नुभएको थियो । अध्ययन समितिलाई प्रभावकारी बनाउन र त्यसका लागि आवश्यक व्यवस्थाको लागि मगर संघले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)