पाटन मा. बि. ले स्वागत कार्यक्रम सम्पन्न गर्यो !

सँजय सिँजाली मगर
काठमाण्डौंं, भदौं २० ।

पाटन मा.बि. का कक्षा १२ का बिधार्थीहरु ले एक कार्यक्रम आयोजना गरि कक्षा एघारलाई स्वागत गरेको छ । पाटन मा. बि. को आयोजन भएको यस कार्यक्रम पाटन मा बिकै प्राङ्गणमा सम्पन्न भएको थियो । कार्यक्रम पाटन मा विका प्रिन्सिपल ईश्वर बज्राचार्यको सभापतित्वमा प्रमुख अतिथि व्यवस्थापक समितिका अध्यक्ष किरण महर्जन र बिशेष अतिथिमा सत्य महर्जन रहेका थिए ।

सो कार्यक्रममा आआफ्नो मन्त्तव्य दिने क्रममा पाटन मा बिका अध्यक्षले यस संस्था सरकारी स्कूल मध्ये उत्कृष्ट पार्न सफल रहेको बताउनु भयो । उहाले भन्नु भयो यस स्कूललाई धेरै उच्च स्थानमा पुर्याउनमा हाम्रो शिक्षक साथीहरुको ठुलो भूमिका रहेको छ । अब आउने दिनहरुमा पनि हाम्रो सँस्थालाई उच्च राख्न लागि पर्नेे छौ अध्यक्ष महर्जनले भन्नु भयो । यस संस्था बाट बिपन्न परिवारहरु लाई निशूल्क शिक्षा प्रदान लगायत अन्य कुराहरुमा पनि बिशेष सुबिधा दिदैँ आई रहेको महर्जनले बताउनु भयो ।

कार्यक्रमलाई भव्य र सव्य बनाउन कक्षा १२ का बिधार्थीहरुले आआफ्नो कला र गलाको साथै निृत्य प्रतिभा देखाई भरपूर मनोरञ्जन दिलाएका थिए । कार्यक्रममा उपस्थित रहेका दर्शक तथा बिधार्थीहरु एकदम उत्सहाका साथ कार्यक्रम अवधि भरि रमाई रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्रमिला तामाङले गर्नु भएको थियो भने सञ्चालन द्धय शोभा आले मगर र सुशिल राईले गरेका थिए ।

admin

admin

Administrator Uses All The Admin Accounts of The Company.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)