बेलायतबाट आमा लिएर आउनुभयो जानुका राईले !

बिश्वास मगर

भाद्र-१४, काठमाण्डौ

साहित्यकार, समाजसेवी तथा गीतकार जानुका राईले गिती संग्रह “आमा” भखरै मात्र बजारमा ल्याउनु भएको छ ।

भिमु मेमोरियल ट्र्स्टको आयोजनामा नया बानेश्वर स्थित ईद्रेनी ब्याङ्क्योटको मैत्री हलमा हिजो एक समारोहका साथ आमा सगै उहा द्वारा लिखित गितीएल्बमहरु “समय” र “सन्दर्भ” गरी तीन कृती प्रमुख अतिथी प्रसिद्ध गितकार बैरागी काईलाको हातबाट लोकार्पण गरियो । कार्यक्रममा बरिष्ठ साहित्यकार तथा गीतकार बैरागी काईलाका साथै श्रबण मुकारुङ्ग ,राजेश पायल राई, सुरेन्द्र सुहाङ्ग , सुरेश अधिकारी , बशन्त मुकारुङ्ग तथा अन्य पत्रकार ,संगीतकार ,गितकार ,समाजसेबी र कलाकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शरिर बेलायतमा रहे पनि मन सधै आफ्नै जन्मभुमी नेपालको पाखा पर्बतमा नाचिरहेको भन्नु हुँदै गितकार राईले आफुलाई खुल्ला आकाश र फराकिलो धर्तीको हृदय बनाउन चाहेको बताउनु भयो । १२ बर्ष देखी संघर्ष शिल जिबन बिताउनु भै हाल बेलायतको भुमीमा रहदा पनि आफ्नो साहित्य र कलालाई निरन्तरता दिनु भएका राईले नेपाली साहित्यमा मास्टर्स गर्नु भएको छ । उहाको यो भन्दा अगाडी पनि एउटा गित श्रोता सामु आईसकेको छ ।

जानुका राई एउटा गितकार र साहित्यकार मात्र नभइ एउटा समाजसेबी पनि हुनुहुन्छ । लगभग आज भन्दा १०-१२ बर्ष अगाडी उदयपुरमा गरीब असाहय र पिछडिएका बालबालिकालाई संकलन गरी शिक्षा दिदै आउनु भएका राई हाल पनि नेपाल को ३ ,४ ठाउ को गरीब जेहेन्दार असाहाय र आर्थीक रुपले कमजोर बालबालिकालाई सहयोग गर्दै आउनु भएको छ । आफु यो ठाउमा आउन श्रीमान शिब कुमार राईको महत्वपुर्ण हात छ भन्नु हुँदै राईले आफ्नो देश र आफु जन्मेको ठाउ स्वर्गरुपी रहेको बताउदै अब बेलायतको नागरिक त्यागी आफ्नै जन्मभुमीमा बाकी जिबन साहित्य, कला र समाजसेवामा बिताउने बताउनु भयो ।

कार्यक्रममा बिभिन्न बरिष्ठ साहित्यकार , गीतकार , संगीतकार, समाजसेवी, कलाकर्मी सम्मानित भएको थियो । भने गायिका पार्बती राई र बिष्णु चेमजोङ्गको सुमधुर आवाजमा गित सगै जानुका राईद्वारा निर्मित राष्ट्रिय भाव बोकेको म्युजिक भिडियो  प्रदर्शन गरिएको थियो ।

Shyam Bahadur Ranamagar

Shyam Bahadur Ranamagar

Shyam Ranamagar is Chief Media Director for Magars Creation Company (Multipurpose Investment Company). He Leads NICE Media Network For Complete Media Broadcasting and Publications Which Includes NICE Television, NICE Radio, NICE Magazine, Magarmedia.com, Nepalchoutari.com and Nepalbikash.com.

You May Also Like

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this Magarmedia News Site? Please spread the word :)